देश दौडाहामा चि मुसी ची टिम, बिर्तामोड र धरानमा भव्य कन्सर्ट


व्युटी न्युज नेपाल
काठमाडौं २९ असार

‘चि मुसी चि’ टीमले पूर्वी नेपालको विर्तामोड र धरान शहरमा भव्य कन्सर्ट गरेको छ । कन्सर्टमा हजारौँको संख्यामा दर्शक सहभागी थिए । चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको टोलीले त्यहाँ कन्सर्ट गरेको हो ।

‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा पाएका सुनिल क्षत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् ।

अभिनेता सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । चि मुसी चिका चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले नृत्य गरेका थिए । चि मुसी चि चलचित्रका कलाकारहरु सबै उत्कृष्ट डान्सर समेत भएकोले पनि स्टेज भव्य देखिएको प्रतिक्रिया दर्शकको थियो ।

चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौं लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।

सुनिल क्षत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

यो चलचित्र श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।