एड्भान्स कोर्षका लागि बैङकक जाने व्युटिसियनहरुको विदाई


व्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

थाईल्याण्डको बैङकक स्थित एस एम ए मेकअप एन्ड हेयर स्टाईल स्टुडियोमा मेकअप र हेयरको थप नयाँ विशेष एडभान्स कोर्ष गर्नकालागि शुक्रबार बिहान १६ जना नेपाली व्युटिसियनहरु थाईल्याण्ड उड्दैछन् ।

उनीहरुलाई २८ असारमा काठमाडौंमा एक बिदाई समारोहको आयोजना गर्दै घरेलु तथा साना उधोग काठमाडौं संघले फुलमाला लगाएर बिदाई गरेको छ । सो संघकी अध्यक्ष पदमकुमारी कार्की (सीता)ले व्युटिसियनहरुलाई फुलमाला लगाएर बिदाई गरेकी हुन् । समय अनुसार नयाँ नयाँ प्रयोग र तरिकाहरु सिक्नका लागि उनीहरुलाई घरेलुका तर्फबाट थाईल्याण्ड पठाईएको सीताले जानकारी गराईन् ।

यसरी बैङकक जाने व्युटिसियनहरुमा सुमित्रा रञ्जित, सोनी कारञ्जित, रेणु श्रेष्ठ, मेनुका उप्रेती सिवाकोटी, मिना न्यौपाने, सोनम गुरुङसहित छन् । उनीहरुले त्यहाँ १० दिनसम्म मेकअप र हेयरसम्बन्धि विशेष एडभान्स कोर्षको प्रशिक्षण लिनेछन् ।

पछिल्लो समय मेकअप र हेयरमा आएका नयाँ स्टाईल एवम् प्रयोगलाई आफुहरुले त्यहाँ सिकेर नेपाल भित्र्याई यसलाई प्रयोगमा ल्याउने सो टोलीमा सम्लग्न अग्रज व्युटिसियन सोनी कारञ्जितले बताईन् । १० दिनको अबधिमा आफुहरुले धेरै भन्दा धेरै कला सिकेर थप दक्षता हाँसिल गर्ने पनि उनले जानकारी गराईन् । उनीहरु ७ असारमा काठमाडौं फर्कने छन् ।