यस्तो छ चलचित्र अनुरागको पोष्टर


व्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

चलचित्र ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी १२ असोजबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रको फस्ट लुक्सको रुपमा चार ओटा पोष्टर रिलिज गरिएको हो ।

पत्रकार ऋषि धमलाले निर्माण गरेको यो फिल्ममा धमलापत्नी एलिजा गौतमले नायिका छिन् । एलिजा र नव अभिनेता समुन्द्र पण्डितको रोमान्स पोष्टरमा समेटिएको छ ।

यो चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवालसमेत निर्माता रहेको अनुरागको कथा किरण दाहालले लेखेका हुन् ।

अनुरागमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।