‘बाबु कान्छा’लाई युनिर्भसल सर्टिफिकेट, २८ असारबाट देशव्यापी प्रदर्शन


व्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

शोभित बस्नेत निर्मित एवम् निर्देशित चलचित्र ‘बाबु कान्छा’लाई सेन्सरबोर्डले युनिभर्सल सटिर्फिकेट दिएको छ । सेन्सरबोर्डले दिएको यो सर्टिफिकेटका आधारमा फिल्मलाई बालबालिकादेखि सबै उमेर समुहका ब्यक्तिहरुले हेर्न पाउने भएका छन ।

यो चलचित्र भोली शुक्रबार २९ असारबाट नेपाल भर प्रर्दशनमा आउन लागेको निर्देशक बस्नेतले बताए । नेपाली सिनेमा जगतकालागी फरक धारको विषय बस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शककालागी उत्तिकै महत्वपुर्ण हुने निर्देशक बस्नेतले बताए ।

माया प्रेम र रोमान्सका दृश्यहरुलाई निकै कलात्मक रुपमा चलचित्रमा समेटिएको छ । निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।

बाबु कान्छामा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।