रुचाईँदै नाई नभन्नु ल ५ को ट्रेलर, ३ दिनमा ६ लाखले हेरे


व्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

आगामी ८ भदौबाट देशव्यापी प्रदर्शन गर्ने घोषणा सहित चलचित्र ‘नाई नभन्नु ल–५’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच मँगलबार यसको ट्रेलर रिलिज गरिएको हो । ट्रेलर रिलिज भएको तीन दिनमै युट्युवमा ६ लाख पटक हेरिसकिएको छ ।

यो चलचित्रलाई विकाश आचार्यले निर्देशन गरेका हुन् । आफ्नो चलचित्र पारिवारिक एवम् प्रेमकथामा आधारित रहेको आचार्यले बताएका छन् । बिगतका सृँखला जस्तै नाई नभन्नु ल ५ ले पनि दर्शकले भावुक बनाउने यी निर्देशकको भनाई छ ।

यो चलचित्रका लेखक एवम् पत्रकार सामिप्यराज तिमिल्सिनाको भनाईमा बिगतका सृँखला भन्दा यो सँृखला प्राविधिक रुपमा निकै स्तरीय बनेको छ । चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्य रहे पनि उनीहरुको अभिनय ससक्त रहेको पनि सामिप्यले बताएका छिन् ।

अभिनेत्री प्रियँका कार्कीले नाई नभन्नु लको बिगतका सृँखलामा जस्तै यसमा पनि आफु अनुभव रेग्मीको आमाको भूमिकामा रहेको बताएकी छिन् । उनको भनाईमा पनि यो सृँखला निकै राम्रो बनेको छ ।
नाई नभन्नु ल ५ मा प्रियँका कार्की, अनुभव रेग्मी, निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्धि तामाङ, जयनन्द लामालगायतको अभिनय छ । यही चलचित्रबाट अभिषेक नेपाल र सेड्रिना शर्माले डव्यु गर्दैछन् यो चलचित्रलाई दिनेश पोखरेल, पुरुषोत्तम प्रधान, बिष्णुमणि दाहालले निर्माण गरेका हुन् ।