आयो बाबु कान्छाको मेरो पहिलो प्रेम …


व्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

शुक्रबार अर्थात् २९ असारबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र  ‘बाबु कान्छा’ ‘मेरो पहिलो प्रेम…’ बोलको रोमान्टिक गीतमा शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ। सार्वजनिक गीतमा रियल जोडी सलोन बस्नेत र  करिश्मा श्रेष्ठलाई फ़िचरिङ्ग गरिएको छ ।
टंक बुढाथोकीको संगीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको  घले गाउमा छायांकन गरिएको गीतमा  हिमाल को रमरीय दृश्यहरु समाबेश गरिएको छ ।
 शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् । ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।
चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेत सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही,सम्राट सापकोटा, मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।
चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।