साली कस्को भेनाको आयो ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

प्रदर्शन मिति आगामी २९ भदौलाई तोक्दै यसको चलचित्र‘साली कस्को भेनाको’ को ट्रेलर सार्वजनीक गरिएको छ ।

यो चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ,रजनी गुरुङ,मरिश्का पोखरेल,सुष्मा कार्की,जयनन्द लामा,कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

हास्य प्रदान सामाजीक चलचित्र भनिएको साली कस्को भेनाको ट्रेलर बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत रिलिज गरिएको हो । आफ्नो चलचित्र निकै रमाइलो बनेको यसका निर्देशक भुजेलले बताए ।

 

भद्र भुजेलको निर्देशन रहेको यो चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको गीत संगीत, दीर्घ गुरुङको छायाँकन, पुष्प आचार्यको लेखन, बनिष शाहको सम्पादन छ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।