व्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

फिल्म वीराङ्गनालाई सेन्सर समितीले पिजी सर्टिफिकेट दिएको छ ।

यही असार २९ बाट देशभर रिलिज हुने वीराङ्गना फिल्म हेर्नको लागि १६ वर्ष मुनिको दर्शकहरु अभिभावकसँग जानुपर्ने भएको छ ।

एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।

फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।