मिसेस नेपाल आइकन २३ महिला प्रतिस्पर्धी


व्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१८का प्रतिस्पर्धीहरु अहिले विविध प्रशिक्षणमा व्यस्त छन् । पिएनपी मिडियाद्धारा आयोजित यो प्रतियोगितामा मिसेस नेपाल आइकन–२०१८ को उपाधिसँगै बिजेताले पुरस्कार स्वरुप स्कुटर समेत पाउने छन् ।

आगामी १२ साउनमा शनिबार राजधानीमो जमलस्थित राष्ट्रिय नाचघरमा हुने मिसेस नेपाल आइकन–२०१८ को अन्तिम स्पर्धामा विभिन्न पेशामा रहेका २३ महिला छन् ।

जसमा प्रज्ञा ढुंगेल, अनिता राना आले, सुष्मा पाठक, जानकी बस्नेत, सिमा र्भुतेल, अमरावती बलामी महर्जन, लक्ष्मी लुईटेल, मेनुका बोगटी, दया शर्मा, राधिका थपलिया, बिना अधिकारी श्रेष्ठ, सानु तामाङ, अनिता चौधरी, उमा श्रेष्ठ, प्रिया कार्की, सरीता सिग्देल, अनामिका रञ्जीतकार, रुपाली पौडेल, चन्दा श्रेष्ठ, सरु अर्याल, अम्बीका थापा, आशा थापा श्रेष्ठ र कमला चुदाराले स्पर्धा गर्दैछन् । यो प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गरिरहेका छन् ।