व्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

आफुहरुलाई कुमारको रुपमा व्याख्या गर्ने युवाहरुको यौनमनोदशालाई लक्षित गरेर निर्मित चलचित्र ‘मिस्टर भर्जिन’को टे«लर सार्वजनिक गरिएको छ ।

आगामी १ भदौमा रिलिज गर्ने घोषणासहित यसको ट्रेलर रिलिज गरिएको हो । यही चलचित्रको केही समयअघि टुल्की… गीतको भिडियो रिलिज गरिएको छ । युट्युबमा भिडियोले राम्रो दर्शक पाएपछि उत्साहित भएको निर्माण समूहले चलचित्रको ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा यस चलचित्रका मुख्य कलाकारको यौन मनोदशा र त्यसले निम्त्याएको समस्यालाई देखाइएको छ । चलचित्र मिस्टर भर्जिनमा तीन युवाको यौन मनोविज्ञानलाई कथा बनाइएको छ ।

यस चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक ट्रेलरमा गौरव पहारी, मरिस्का पोख्रेल, सिर्जना सुब्बा, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रवीन्द्र झालगायतका मुख्य कलाकारलाई समेटिएको छ ।

मिष्टर भर्जिनमा विक्रम स्वाँर, दीपकयाम सिंहको नृत्य निर्देशन, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, आरजे, मिस्टर प्रिन्सको संगीत, मिलन डी. काप्रीको सम्पादन, महेश दवाडीको लेखन र रामेश्वर कार्कीको छायांकन छ ।

वल्र्डवाइड फिल्म्स डिस्ट्रिब्युसन प्रालिको ब्यानरमा निर्माण यस चलचित्रको निर्मातामा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेत तथा सहनिर्मातामा सन्दीप उप्रेती छन् ।