ग्लामर तस्बिरमा मोडल पुजा, चलचित्रमा देखिने सपना


व्युटी न्युज नेपाल
काठमाडौं, २१ असार

मोडलिङ क्षेत्रमा स्थापित नाम हो पुजा गौतम । उनी छोटो समयमै र्याम्प मोडलिङमा जमेकी छिन् ।

२१ बर्षीय पाँच फिट ६ इन्च आकर्षक उचाईकी पुजा गौतम मोडलिङमा जम्न मनपराउँछिन् । स्थायी घर झापा भएकी पुजा हाल काठमाडौको जडीबुटीमा बस्दै आएकी छिन् ।

मोडलिङसँगै पढाईलाई पनि अघि बढाएकी यी मोडल आजकाल ग्लामर फोटो सुटमा बढी व्यस्त देखिन थालेकी छिन् ।

यसरी ग्लामर सुट प्रति क्रेजी पुजालाई अहिले वल्र्ड कपले फिबरले सताएको छ । सबैकुरालाई थाती राखी उनी अहिले वल्र्ड कप हेर्नमै मस्त छु भन्छिन् ।

मोडलिङसँगै चलचित्रमा पनि काम गर्न रुची राख्ने पुजाको लक्ष्य भविष्यमा ठुलो पर्दामा सफल नायिकाको रुपमा देखिनु हो । चलचित्रमा आउन आफुले तयारी गरिरहेको पनि यी मोडलले बताईन् ।

अभिनेत्रीमा रेखा थापा मन पराउने पुजा अभिनेतामा प्रदिप खड्काकी फ्यान हुन् । यी दुबै कलाकारसँग भविष्यामा फिल्म खेल्ने सपना साँचेको मोडल पुजाले बताईन् ।

प्रस्तुती–जयन सुब्बा मानन्धर

मोडेल–पुजा गौतम

मेकअप एवम् हेयर–सुधा गुरुङ

तस्बिर–सैलेन्द्र श्रेष्ठ