पोस्टमा यस्तो देखियो कहीं कतै


व्युटी न्युज नेपाल
काठमाडौं, २० असार

आगामी २५ साउनबाट देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कहीँ कतै’का फस्ट लुक्स सार्वजनिक गरिएको छ । फस्ट लुक्सको रुपमा यो चलचित्रको तीन अफिसियल पोस्टर रिलीज भएको छ ।

पोस्टरमा अभिनेता दिलीप रायमाझीको साथमा नव अभिनेत्री सिवानी गिरी र नव अभिनेता सोनम बरफुङ्गपालाई स्थान दिईएको छ । सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव अभिनेत्री सिवानी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

यस्तै अर्को पोस्टरमा अभिनेता किशोर खतिवडा र अभिनेत्री एवम् यो चलचित्रकी निर्माता उमा बेबी गिरीलाई समेटिएको छ ।

सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको कहिँ कतैलाई काठमाडौं रिच इन्टरटेन्मेण्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् । यसको डिजिटल वितरण हाईलाईट्स नेपालले गर्दैछ ।

यो चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठ र शिब ढकालको छायांकन रहेको छ ।