व्युटी न्युज नेपाल
काठमाडौं, २० असार

टिन एजर्सको मोडलिङमा आकर्षण अस्वभाविक बढ्दो छ । अहिले हजारौंका सँख्यामा टिन एजर्सहरु व्युटी पेजेन्ट मार्फत यो क्षेत्रमा भित्रिएका छन् । यही क्रममा व्युटी पेजेन्ट मार्फत यो क्षेत्रमा आएकी सजिना खनाल पनि मोडलिङमा छाएकी छिन् ।

उमेरले १८ वर्षमा टेक्दै गरेकी सजिनाले र्याम्पजोन इन्टरट्रेनमेन्टद्वारा आयोजित ‘टीन प्रिन्सेस नेपाल–२०१७’बाट मोडलिङ यात्रा सुरु गरेकी हुन् ।

त्यसपछि उनले आधा दर्जन फेशन शो लगायतका कार्यक्रममा र्याम्प नापिसकेकी छिन् । काठमाडौंको खुशिबु निवासी सजिना अहिले कक्षा १२ मा पढ्छिन् ।

सजिना निकै राम्री छिन् । सोही कारण उनी भनेपछि केटाहरु हुरुक्क हुन्छन रे । तर पछि लाग्नेलाई आफुले वास्ता नगरेको यी मोडलको भनाई छ,‘ प्रेम प्रस्ताव त स्कुले जीवनबाटै आएको हो । अहिले प्रेममा फस्नु भन्दा करिअर बनाउने बेला भएकाले त्यतातर्फ ध्यान नदिएकी हुँ ।’ सजिनाले भनिन् ।

‘फेशन परेड–२०१७’, ‘क्रिशमस फेशन शो–२०१७’, ‘फेशन इरा–२०१८’ जस्ता फेशन शोमा उनले र्याम्प मोडलिङ गरिसकेकी छिन् । यसै महिना आयोजना हुन लागेको ‘समर फेशन रन वे’को तयारीमा आफु रहेको यी मोडलले जानकारी गराईन् ।

मोडलिङ र फेशन प्रति आकर्षित सजिना अब व्याचलरबाट फेशन डिजाईन पढ्ने सुनाउँछिन्,‘मेरो प्यासन मोडलिङ र फेशन हो । त्यसैले यो दुबैलाई सँगै अघि बढाउँछु ।’ उनले भनिन् ।

उनी राम्रो म्युजिक भिडियो र चलचित्रमा प्रस्ताव आएमा काम गर्ने योजना सुनाउँछिन् । तर पढाईलाई निरन्तरत अघि बढाउने उनले बताईन् । मोडलिङ क्षेत्रको बारे सुनिने नकरात्मक बिषयमा उनले भनिन्,‘अरुले के भन्छन, त्यो ठुलो कुरा भएन । यो क्षेत्र मलाई राम्रो लाग्छ र आफु सहि भएमा अरुलाई दोष दिईरहनु पर्दैन ।’ हरेक क्षेत्रमा बिकृति हुन तर त्यस्ता बिकृतिबाट बच्नु पर्ने यी मोडलको सुझाब छ ।