चलचित्र ‘ए सोल्टिनी’ दर्शकको मन जित्दै


व्युटी न्युज नेपाल
काठमाडौं, २० असार

शुक्रबार १५ असारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए सोल्टिनी’ले दर्शकको मन जितीरहेको निर्माण पक्षको दाबी छ । कमेडी प्रेमकथानक यो फिल्मलाई निमा तामाङ लामाले निर्देशन गरेका हुन् ।

ए सोल्टिनी निर्देशक निमाको पहिलो नेपाली फिल्म हो । पहिलो फिल्ममै दर्शकबाट पाएको साथले आफू निकै खुशी भएको उनी बताउँछन् । भन्छन्, ‘वल्र्ड कप फुटवm बर्षा झरीका बाबजुत पनि हाम्रो फिल्म हेर्न हलमा दर्शकको ओइरो छ । हामी निकै खुशी छौ ।’

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म राजधानी र मोफसलका अधिकांश हलमा हाउसफूलका साथ प्रदर्शन भइरहेको निर्माता दिलकुमारले जनाएका छन् । ‘हाम्रो फिल्म दर्शकले निकै मन पराइदिनु भएको छ,’ उनी भन्छन्, ‘हामीहरु हल हलमा पुग्यौ, सबैले कत्ति राम्रो फिल्म बनाएको भनेर तारिफ गरेका छन् । जसले गर्दा हामीलाई हौसला मिलेको छ ।’

जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म प्रस्तुतकर्ता पूर्णि तामाङ छिन् । ए सोल्टिनीको सफलताका कारण अब आफूहरु नयाँ फिल्म बनाउने योजनामा पुगेको निर्माता दिलकुमार बताउँछन् ।

फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।