आयो बाबु कान्छाको बाबु कान्छा… गीत (हेर्नुस भिडियाे)


व्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको स्वरमा रहेको चलचित्र ‘बाबु कान्छा’को शिर्षगीत बाबु बान्छा…युट्युवबाट रिलिज गरिएको छ ।

२९ असारबाट देशव्यापी प्रदर्शनमा आउन भनिएको यो चलचित्रको यस गीतलाई निर्माता निर्देशक शोभित बस्नेतले रिलिज गरेका हुन् ।

अग्रज संगीतकार शम्भुजित बासकोटाले यो गीतलाई निकै आकर्षक रुपमा गाएका छन् । गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत रहेको छ ।

यो गीतको भिडियोमा चलचित्रका शिर्ष अभिनेता सलोन बस्नेतले अभिनेत्री करिश्मा श्रेष्ठको अभिनय छ । एकले अर्कालाई देखेर मन पराएर उनीहरु एक अर्कालाई सम्झिएको कथालाई यो गीतको भिडियोमा हेर्न पाईन्छ ।

बाबु कान्छाको यस अघि सार्वजनिक चन्द्रमा झै राम्री…लाई दर्शकले मन पराएकाले बाबु बान्छा…गीतलाई पनि मन पराउने विश्वास निर्देशक शोभितको छ ।

यो फिल्मलाई सञ्चारकर्मी रबि अधिकारी सहित सन्तोष राज भण्डारी र सुरज घिमिरेले निर्माण गरेका हुन् ।

यो चलचित्रमा सलोन र करिश्मासँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय छ । यो चलचित्रबाट नायिकाको रुपमा अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गदैछन् ।

बाबु कान्छामा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको नृत्य निर्देशन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।