झरीले चलचित्र पुरानो बुलेटको छायाँकन प्रभावित


व्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

चलचित्र ‘पुरानो बुलेट’को छांयाकन सुरु भएको छ । तर तीन दिनदेखिको काठमाडौंमा परेको निरन्तर झरीले यसको छायाँकन प्रभावित भएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रको १६ असारबाट काठमाडौंदेखि छायांकन शुभारम्भ भएको हो । काठमाडौंको बिभिन्न स्थानमा छायांकन सकेर पुरानो बुलेट निमार्ण टिम प्रदेश १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए ।

पत्रकार भिषण राईले यो चलचित्रको निर्देशन गरिरहेका छन् । निर्देशक भिषणले भने ‘टिम मिलेर राम्रो चलचित्र बनाउने प्रयास गर्छौं ।’

यस चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारकोे अभिनय रहनेछ ।

यो चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त निर्माण गर्दैछन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।

निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथा–पटकथा रहेको यो सिनेमामा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, प्रसान्त तामाङको कोरियोग्राफी रहनेछ ।