एसएलसी प्रिन्सेस २०१८ रुची धिताल


व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ को उपाधि धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा उतिर्ण १६ वर्षिय रुची धितालले जितेकी छिन् । आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै मा उनले शीर्ष उपाधि जितेकी हुन् । प्रतियोगितामा उपाधि विजेता रुची धितालले ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृत्ति, विभिन्न उपहारहरु पाईन ।

सिजन मिडियाले राजधानीमा आयोजना गरेको यो प्रतियोगित काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई उतिर्ण कृष्टिना वन्तले फष्ट रनरअप, पुष्पसदन स्कुलवाट एसइइ उतिर्ण पाल्मा लामाले सेकेण्ड रनर अप भए । फस्ट रनर अप र सेकेण्ड रनर अपले मोवाइल फोनसँगै नामी कलेज र क्याम्पीयन कलेजमा १ लाख रुपैयाँ वरावरको छात्रावृति साथै यी विजेता तिनै जनाले ५ दिने बैङ्कक भ्रमणको अवसर जिते ।

सोही प्रतियोगितामा रिया खड्गी थर्ड रनर अप, नाम्दु शेर्पा फोर्थ रनर अप भए । विधागततर्फ प्रेरणा भट्टराई मिस ट्यालेन्ट र वेष्ट वाक, श्रेया भट्ट मिस पपुलर, विञ्जु थापा मिस क्रिएटिभ, निशा श्रेष्ठ भियोर्स च्वाइस घोषित भए ।

यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडेमी आयुसा श्रेष्ठ, मिस हेल्दी स्माइल सफलता वुढाथोकी, मिस डिसिप्लिन अस्मीता पन्जीयार, बेष्ट हेयर सौजना तामाङ घोषित भए ।

यस्तै मोष्ट फेसवुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निर्जला पौड्याल, मिस मल्टीमिडिया र अर्गनाइजर च्वाइस आकांक्षा पाठक घोषित भए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका अध्यक्ष युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, क्याम्पीयन एकेडेमीका रिजेश श्रेष्ठ, स्वर्णिमा राजभण्डारी, शिक्षक प्रेम गुरुङ, एयर होस्टेज अस्मिता खनाल र सञ्चारकर्मी गिता श्रद्धा अर्याल रहेका थिए । कार्यक्रम सञ्चालन अफिसियल कोरीयोग्राफर रोजीन साक्यले गरेका थिए ।