काठमाडौंका सडकमा नाटक ‘हाम्री चेली’


व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक नाटक ‘हाम्री चेली’ मञ्चन गरिएको छ । काठमाडौंका चावहिल, गौशाला, कालो पुल, गोगंवु, महाराजगञ्ज, कंलकी, कोटेश्वर, नयाँबजार, रत्नपाार्क, सुनधारालगायतका स्थानमा नाटक मञ्चन गरिएको छ ।

रामकाजी घिमिरेको लेखन र शम्भु ढुंगानाको निर्देशनमा कलाकारहरु विश्वदीप घिमिरे, जयराम सापकोटा, शान्ति दाहाल, सावित्री वस्नेत, समुन्द्र बानिया, सरमिला वस्नेत, देवकी भण्डारी, सुमित्रा श्रेष्ठ, सरिता सिलवाल, विना तामाङ, अनु गुरुङ, शर्मिला वस्नेतलगायतले अभिनय गरेका छन् ।

यसमा सावित्री पन्त र सावित्री वस्नेतले नृत्य निर्देशन गरेका थिए । ‘रेष्टुरेन्ट श्रमिक महिलाहरुको लागि हाम्रो आवज पेशागत हिंसा मुक्त समाज’ भन्ने नारा सहित सुरु गरिएको सडक नाटकमा रेष्टुरेन्ट तथा मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुको हक हितका कुराहरु उठाइएको थियो । नाटकमा प्रलोभनमा पर्दा कस्ता कस्ता दुर्घटनामा पर्न सक्छन हाम्रा चेलीहरु भन्ने कुरा पनि देखाउन खोजिएको थियो ।

विभिन्न ठाउँमा नाटक मञ्चन भइरहदा विश्वास नेपालका पूर्व अध्यक्ष तारा भण्डारी, कोषाध्यक्ष विनु श्रेष्ठ, कार्यक्रम संयोजक पर्शुराम चौधरीलगायतले नाटक मञ्चन गर्नुको उद्देश्य र संस्थागत परिचय गराएका थिए ।