अग्रज व्युटिसियन प्रमिलाले खोलिन कटवाल व्युटी पार्लर


व्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

अग्रज व्युटिसियन प्रमिला कटवालले आफ्नो नयाँ व्युटी पार्लर भक्तपुरको लोकन्थलीमा स्थापना गरेकी छिन् । बरिष्ठ व्युटिसियन राज्यश्री श्रेष्ठले प्रमिलाको ‘प्रमिला व्युटी पार्लर एन्ड कस्मेटिक’को रिवन काटेर शुक्रबार उद्घाटन गरिन् ।

सुविधासम्पन्न नयाँ पार्लर सुरु गरेकोमा बरिष्ठ व्युटिसियन श्रेष्ठले प्रमिलालाई बधाई दिँदै सफलताको कामना व्यक्त गरिन् ।

१६ वर्ष अघि व्युटिसियन क्षेत्रमा लागेकी प्रमिलाले अहिलेको आधुनिक सुविधासहित कटवाल व्युटी पार्लर एन्ड कस्मेटिक सुरु गरेको बताईन् । आफ्नो पार्लरमा कस्टमरको विशेष केयर गरिने र गुणस्तरमा कुनै पनि सम्झौता नगरिने पनि उनले जानकारी गराईन् ।

बिगतमा १३ वर्षसम्म काठमाडौंको कलँकीमा व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर चलाएकी प्रमिलाले त्यो ट्रेनिङ सेन्टरबाट कैयौं सक्षम व्युटिसियनहरु जन्माईन् । व्युटी सम्बन्धि कामकै शिलशिलामा केही वर्ष अघि दुवई पुगेकी प्रमिलाले दुवईमा दुई वर्षसम्म व्युटि सम्बन्धि सेवा गरिन् । त्यहाँ गएर थप प्रशिक्षण लिएकी उनले नेपाल फर्किएपछि लोकन्थलीमा नयाँ पार्लर सुरु गरेको बताईन् ।

आफ्नो पार्लरमा व्युटिकेयर, हेयर केयर, स्किन केयरसम्बन्धी सवै सेवा उपलब्ध भएको प्रमिलाले बताईन् । आफुले सुलभ मूल्यमा कस्मेटिक सेवा पनि दिँदै आएको पनि उनले जानकारी गराईन् । नेशलन देखि मल्टिनेशन कम्पनीसम्मको व्युटी कस्मेटिक पनि आफुकहाँ पाइने यी अग्रज व्युटिसियन प्रमिला कटवालले बताईन् ।

पार्लर बारे यसो भनिन् प्रमिलाले :