सिमा गुरुङको लाजिम्पाटमा सिमा द मेकअप स्टुडियो 


 व्युटी न्युज नेपाल

काठमाडौं, १६ असार

मेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा  ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएकी छिन ।

उनी बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा  क्रियाशिल छिन्। उनको स्टुडियोको अभिनेत्रीहरू  सञ्चिता लुइटेल,श्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेका छन ।
सो सिमा द मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फत संचालनमा ल्याईएको छ ।

पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमा तयार भई जाने क्रम बढ्दो छ  ।

त्यसैले सौन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणको अहिलेको प्राथमिकतालाई ध्यानमा राख्दै ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएको सिमाले बताईन्  ।

सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्रा्ष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबैखाले सेवा उपलब्धहुने सीमाले बताएकी छिन ।

सेलिब्रेटी तथा सर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी र सुटिङमा जानसक्ने उनले जानकारी गराईन् ।
कार्यक्रममा उनले भनिन्,’मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ ।’

 अाफ्नाे स्टुडियाेमा होम सर्भिस मेकअपको समेत ब्यबस्था गरेको उनले बताईन् ।