छायाँछविको ९ शृङ्खलामा अमला र प्रकाश गुञ्जिए


व्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

छायाँछवि क्रियसनले विगत नौ महिना देखी नियमित आयोजना गर्दै आएको छायाँछवि काव्य शृङ्खलाको नवौं शृङ्खलामा यसपटक गजलकार अमला अधिकारी र कवि प्रकाश रम्घालीले आफ्ना सृजना सुनाएका छन् । कार्यक्रममा अधिकारीले गजल र रम्घालीले कविता सुनाए ।

गजलकार अधिकारी पछिल्लो समयकी शशक्त गजलकार मानिन्छिन् । अघिकारीले छायाँछविमा यसपटक आफ्ना करिव एक दर्जन गजल सुनाइन् । गजलमा माया, प्रेम, समाज एवम् राजनैतिक व्यङ्ग्यका रचना सुनाएकी थिइन् । स्रोतामाझ लोकप्रिय अधिकारीले वान्स मोरको अनुरोध पटक पटक पाईन् । उनले आफ्नो गजलसँग्रह आरनबाट चर्चा कमाएकी छिन् ।

यस्तै कवि प्रकाश रम्घालीले आफ्ना विभिन्न १० कविता सुनाए । रम्घालीले पनि सामाजिक यथार्थका कविता साथै व्यङ्ग्यात्मक कविताहरु सुनाएका थिए । उनका कविता निकै ससक्त र बिम्बयुक्त थिए ।

कार्यक्रम संयोजक रश्मि रोदनले यो कार्यक्रमको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखिन् । यो कार्यक्रम विशुद्ध साहित्यिक भएको र कुनै गुटवन्दी भन्दामाथि रहेको उनले बताईन् । सहभागीताको संख्याभन्दा पनि गुणात्मक स्रोता कार्यक्रमको मापक भएको मुक्तककार एवं गजलकार रोदनले बताइन् ।

यसै कार्यक्रमका अतिथि संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गजल एवम् कविताका बारेमा टीप्पणी राखे । छायाँछविको यो काव्य शृङ्खला पवित्र उद्देश्यको भएको र यस किसिमको कार्यक्रमबाट सर्जक उत्साहित हुने उनले बताए ।

नेपाल चलचित्र संघको सहकार्यमा विशालनगरमा सो सृँखला सम्पन्न भएको थियो । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रिय सुत्रधारको भूमिकामा प्रस्तुत हुँदै कार्यक्रमको औंचित्य प्रकाश पारे । साहित्यिक गतिविधि बढ्नु स्वागत योग्य भएपनि गुटबन्दी र झारा टार्ने साहित्यिक गतिविधीले साहित्यलाई असर पार्ने शान्तिप्रियले बताए । उनले हरेक छायाँछबि काब्यशृङ्खला एक पछि एक गर्दै स्तरीय बन्दै गएको जिकिर गरे ।