सिनेमा हलमा सोलो ‘ए..सोल्टिनी’


रिलिज फिल्म

व्युटी न्युज नेपाल
काठमाडौं, १४ असार

शुक्रबार १५ असारबाट देशव्यापी रुपमा एक्लै चलचित्र ए…सोल्टिनी आएको छ । मुख्य कलाकार सविन श्रेष्ठ रहेका यो फिल्मलाई निमा तामाङ लामाको निर्देशन गरेका हुन् ।

हरेक साता दुईभन्दा बढी फिल्म जुध्दै आइरहेकोमा मध्य वर्षा र हिन्दी फिल्म सँजुका कारण ए…सोल्टिनीले एक्लै रिलिज हुने नेपाली फिल्मको अबसर पाएको हो ।

कमेडी जनराको यो चलचित्रमा सबिन श्रेष्ठसँगै, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा तयार भएको हो । बिश्वास भण्डारीले खिचेका यो फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ । पूर्णी तामाङको प्रस्तुति रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गरेको छ ।

यसअघि थुप्रै तामाङ फिल्म निर्देशन गरेका निमा ए सोल्टिनीले आफूलाई नेपाली फिल्म निर्देशनमा पनि स्थापीत गराउने आशमा छन् । फिल्ममा समाबेश झुमताना झुमतान… अहिले चर्चामा छ ।