मेरिना मिस नेपाल आईडल 


व्युटी न्युज नेपाल
काठमाडाैं, १३ असार 
 सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ काे उपाधी धरानकी मेरिना लिम्बुले जितेकी छिन् । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजित साे प्रतियाेगितामा सहभागी बाँकी १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी पाएकी हुन ।
राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनर अपमा सुसन कोईराला, सेकेन्ड रनर अपमा आकृति कुँवर र थर्ड रनर अप रक्षा भुजेल घोषित भए ।
बाँकी उपाधि तर्फ फिगर तथा मस्ट पपुलर कृजु महर्जन, बेस्ट फोटोजेनिक बर्षा महर्जन, बेस्ट डिसिप्लेन सुजता थापा, बेस्ट स्माईल स्‍मृति बोहरा, बेस्ट हेयर अस्मिता तमाङ घाेषित भए ।
यस्तै बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कंचन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचुअल साईना तमाङ, मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजेन्टकाे उपाधि मेरिना लिम्बुलार्इ दिइयाे । प्रतियाेगिताकाे कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।