व्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

आगामी ११ साउनबाट रिलीज हुने चलचित्र ‘चि मुसी चि’को पाँच ओटै गीत सहित जुकबक्समा अडियो रिलीज भएको छ । जुकबक्समा पाँचवटै गीत सोमवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो ।

अब स्रोताले यो चलचित्रको आउ आज…, चि मुसी ची…, सानो सानो कुरा…, तिमीले माग्छौ भने… र हाँस्दा हाँस्दै …गीत जुकबक्समा सुन्न पाउनेछन् ।

चि मुसी चि गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । सानो सानो कुरा गीतमा सुरज अधिकारीको शब्द(संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ ।

अडियो जुकबक्स:

मीले माग्छौ भने गीतमा सुरज अधिकारीकै शब्द संगीत तथा अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । यस्तै आउ आज गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । हाँस्दा हाँस्दै गीतमा रेगन क्षत्रीको शब्द संगीत तथा सारिका घिमिरेको स्वर छ । यि मध्ये चि मुसी चि र तिमीले माग्छौ भने गीतको भिडियो यसअघि नै रिलिज भईसकेको छ ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ ।