ट्रेलरमा आयो बाबु कान्छा, सलोनको एक्सन अबतार


व्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

यही २९ असारबाट देशव्यापी प्रदर्शन हुने भनिएको चलचित्र ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ । बाबु कान्छाको ट्रेलरले सलोन यो चलचित्रमा कलेजका एक प्रेमी युवाको भूमिकामा रहेको देखाएको छ । यसमा सलोनलाई ससक्त एक्सन भूमिकामा उतारिएको छ । ट्रेलरमा सलोनसँगै करिष्मा श्रेष्ठ, सरोज खनाल, नीर शाह, राजाराम पौडेललगायतका कलाकारलाई प्रस्तुत गरिएको छ ।

चलचित्र बाबु कान्छालाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । उनी चारवर्षपछि यो चलचित्रबाट निर्देशनमा फर्किएका हुन् । यसअघि उनको २०७२ सालमा चलचित्र ‘जाउँ हिँड पोखरा’ रिलिज भएको थियो ।

बाबु कान्छामा रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् । अन्य निर्मातामा सन्तोष राज भण्डारी, सुरज घिमिरे छन् ।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको छ ।

यो चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेललगायतको अभिनय छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै्छिन् ।