दर्शकको मन जित्दै तिमी हुन्छौ जहाँ जहाँ


व्युटी न्युज नेपाल
काठमाडौं, १० असार

शुक्रवारबाट मुलुकका ७० भन्दा बढी सिनेमाहलमा प्रदर्शनमा आएको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले शनिबारबाट व्यबासायिक पिकअप लिएको छ ।

यसका निर्माता मदन दवाडीका अनुसार विश्वकप फुटबलका कारण शुक्रबार बिहानी र बेलुकाको शो केही कमजोर भए पनि शनिबारबाट यसले राम्रो व्यापार गरेको छ ।

आफ्नो चलचित्र शनिबार बिहानै देखि हाउसफुल भएको उनले बताए । मल्टिप्लेक्ससँगै सिँगल थिएटरमा पनि तिमी हुन्छौ जहाँ जहाँले दर्शकको राम्रो साथ पाईरहेको पनि निर्माता दवाडीले बताए ।

शनिबार हाउसफुल भएको आफ्नो चलचित्रले आईतबार ७५ देखि ७५ प्रतिसतसम्म दर्शक पाएको पनि मदनले जानकारी गराए । उनका अनुसार सिनेमाको कथा र बिषयबस्तुलाई दर्शकले मन पराईरहेका छन् ।

चलचित्र तिमी हुन्छौ जहाँ जहाँका अभिनेता मनिषसुन्दर श्रेष्ठ, अभिनेत्री तमन्ना केसीलगायतका कलाकार शनिवार दिउँसो काठमाडौंको गोपिकृष्ण, अष्टनारायण लगायतका सिनेमा हलमा पुगेका थिए । सो क्रममा दर्शकबाट घेरिएका यी कलाकारसँग दर्शकले सेल्फी खिचे । यी कलाकारको कामको दर्शकले खुलेर प्रसँसा गरे ।

तिमी हुन्छौ जहाँ जहाँमा मनिषसुन्दर र तमन्नासँगै मलिना जोशी, विश्व बस्नेत, गीता अधिकारीसहितका कलाकारको अभिनय छ ।

मदन दवाडीसँगै यो चलचित्रमा डालचन्द्र दवाडी, हरीप्रसाद अधिकारी र प्रकाश बाँस्कोटा निर्माता तथा विना कार्की सह निर्मात्री रहेका छन् । यो चलचित्रलाई विकाश बस्यालले निर्देशन गरेका हुन् । यसको कथा पनि उनकै हो ।