माछापोखरीमा रञ्जनाले खोलिन भूमिका व्युटिपर्लर


व्युटी न्युज नेपाल
काठमाडौं १० असार

गत चैतमा सम्पन्न व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ मा बेस्ट फेण्ड्लीकाे उपाधि जितेकी व्युटिसियन रञ्जना श्रेष्ठ गुरुङले नयाँ पार्लर सुरु गरेकी छन् । पाँच वर्ष अघि व्युटिसियन सम्बन्धि प्रशिक्षण लिएकी रञ्जनाले दुई वर्ष यताबाट फेरी व्युटिसियन सम्बन्धि थप प्रशिक्षण लिएकी हुन् ।

उनले काठमाडौंको बालाजु (माछापोखरी) मा भूमिका व्युटी पार्लर एन्ड कस्मेटिक सप सुरु गरेकी छिन् । शनिबार दिउँसो यो पार्लरको रञ्जनाकी गुरुआमा तथा अग्रज व्युटिसियन सोनी कारञ्जितले उद्घाटन गरिन् ।

काठमाडौंको रबिभवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट सो सेन्टरकी अध्यक्ष सोनी कारञ्जितसँग अढाई वर्ष व्युटिसियनसम्बन्धि प्रशिक्षण लिएपछि रञ्जनाले आफ्नै पार्लर सुरु गरेकी हुन् ।

ट्रनिङको क्रममा रञ्जना निकै मेहनती विधार्थी भएको बरिष्ठ व्युटिसियन सोनीले बताईन् । व्युटिसियन सम्बन्धि सबै कलामा निपूर्ण भएकाले रञ्जनाले आफ्ना सौन्दर्यसम्बन्धि ग्राहकलाई राम्रो सेवा दिन सक्ने पनि बरिष्ठ व्युटिसियन सोनीको भनाई छ । उनले सो कार्यक्रममा भूमिका व्युटी पार्लरको सफलताको कामना गरिन् ।

अामाकाे साथमा रञ्जना

आफुले सुरु गरेको भूमिका व्युटी पार्लरमा सस्तो र सुलभमा हेयर, व्युटीकेयर र स्किन केयरसम्बन्धी सबै सुविधा प्रदान गरिने व्युटिसियन रञ्जनाले बताईन् । आफ्नो श्रीमान, परिवार र गुरुआमा सोनी कारञ्जितको प्रेरणाले यो पार्लर सुरु गरेको पनि रञ्जनाले जानकारी गराईन् । सिप सिकेपछि त्यसलाई प्रयोगमा ल्याउनुपर्छ भनेर पार्लर सुरु गरेको पनि उनले बताईन् ।