अनमोलदेखी साम्राज्ञीसम्मा उत्कृष्ट ५ मा मनोनित


सुर्य ईन्टरनेशनल अवार्ड –२०१८ मा

व्युटी न्युज नेपाल
काठमाडौं, १० असार
जापानको टोकियोमा आयोजना हुन लागेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को उत्कृष्ट पाँचको नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच शनिबार यो अवार्डको उत्कृष्ट पाँचको नोमिनेशन सार्वजनिक गरिएको हो ।

यो अवार्डमा फिल्मतर्फ ६ विधा र संगीततर्फ ६ विधा सहित १२ विधामा मनोनयन सार्वजनिक गरिएको हो । चलचित्रतर्फ उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, सपोर्टिङ कलाकार महिला र पुरुष छन् । यस्तै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिका राखिएको छ ।

आगामी ३१ भाद्र ( १६ सेप्टेम्वर)मा सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने आयोजक बासुदेब लामिछानेले अवार्ड मनोनयन समारोहमा बताए । शनिबार नै मनोनयन सार्वजनिकसँगै उत्कृष्ट पाँचमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गर्न लागिएको अवार्ड आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले कार्यक्रममा बताए । सुर्य ईन्टरनेशनल अवार्ड एक बृहत साँस्कृतिक कार्यक्रम सहित आयोजना हुने पनि उनले बताए ।

अवार्डको लागि हाल जापान र नेपालमा तयारी भईरहेको पनि बासुदेव बताए । यस्तै अवार्ड समारोहमा करिब ५० जना कलाकार, केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने छन् । अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु पनि रहने आयोजकको भनाई छ । उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छ ः

फिल्मतर्फ

१ उत्कृष्ट फिल्म
– छक्का पञ्जा २
– ए मेरो हजुर २
– शत्रुगते
– म यस्तो गीत गाँउछु
– कृ

२ उत्कृष्ट निर्देशक
– दिपाश्री निरौला
– अरुणा थापा
– प्रदिप भट्टराई
– सुर्दशनथापा
– मिलनचाम्स

३ उत्कृष्ट सह अभिनेता
– केदार घिमिरे
– बुद्धिता माङ
– सलोन बस्नेत
– अनुप विक्रम शाही
– प्रशान्त ताम्राकार

४ उत्कृष्ट सह अभिनेत्री
– बर्षा राउत
– प्रियंका कार्की्
– केकी अधिकारी
– अनु शाह
– आशिष्मा नकर्मी

५ उत्कृष्ट अभिनेता
– अनमोल के.सी
– प्रदिप खड्का
– पलशाह
– पष्पल खड्का
– दयाहाङ राई

६ उत्कृष्ट अभिनेत्री
– साम्राज्ञी राज्यलक्ष्मीशाह
– पुजा शर्मा
– श्वेता खड्का
– शिल्पा पोखरेल
– निता ढुङ्गाना

गीततर्फ

पपतर्फ

१ उत्कृष्ट गायक
– सुगम पोखरेल
– कमल खत्री
– अनिल सिहं
– काली प्रसादबास्कोटा
– हिमाल सागर

२ उत्कृष्ट गायिका
– इन्दिरा जोशी
– अमृता लिम्बु
– मिलन अमात्य
– एन्जिला रेग्मी
– रबिना थापा

आधुनिकतर्फ

१ उत्कृष्ट गायक
– प्रमोद खरेल
– शिव परियार
– रामकृष्ण ढकाल
– हेमन्त शर्मा
– राजेशपायल राई

२ उत्कृष्ट गायिका
– अन्जु पन्त
– मेलिना राई
– रिता केसी
– टिका प्रसाई
– सिर्जना खत्री

लोकतर्फ

१ उत्कृष्ट गायक
– नविन पौडेल
– रमेशराज भट्टराई
– खुमन अधिकारी
– रामजी खाँड
– प्रकाश कटुवाल

२ उत्कृष्ट गायिका
– ज्योति मगर
– रमिला न्यौपाने
– सम्झना मगर
– मुना थापा
– देवी घर्तीमगर