अर्पण र आर्या मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८


व्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८ मा अर्पण राईले मिष्टर एसईइ अफ द इयर र आर्या पुडासैनिले मिस एसईई अफ द इयरको उपाधि जितेका छन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मिष्टर एसईइ अफ द इयरमा अदिक कार्की फस्ट रनरअप तथा अनुराग कार्की सेकेण्ड रनरअप घोषित भए ।

यस्तै एसइई अफ द इयरतर्फ मुनस्टोन आचार्य फस्ट रनरअप, अपेक्षा लुईटेल सेकेण्ड रनरअप, नेहा केसी थर्ड रनरअप भए ।

रिवन ईन्टरटेनमेन्टद्वारा एसईइका विद्यार्थीबिच आयोजित सो प्रतियोगिता मिष्टर तर्फ प्रशान्त भण्डारी मष्ट पे्रmण्डली, सुजन खुलाल मष्ट डिसिप्लिन, नयन मगर मष्ट एक्टिभ, कुमोद कार्तियन बडु फेसबुक च्वाईस र मष्ट फोटोजेनिक घोषित भए । यस्तै उत्सब खतिवडा बेस्ट डान्सर, बिनम्र राउत बेष्ट पर्सनालिटि, कञ्चन खत्री बेष्ट फिजिक, सोनम खड्का मेनेजमेन्ट च्वाईस, सन्दिप श्रेष्ठ मस्ट डिजर्भिङ, प्रनिस मगराती सोसल वेलफेएर ऐम्बेस्डर, आशिष श्रेष्ठ युथ विथ रेस्पोन्सबिलिटी र मेलिन राज पन्त मष्ट क्रियटिभ बिजेता बने ।

यस्तै मिस तर्फ सबिना शर्मा मष्ट पपुलरका साथमा फेसबुक च्वाइस र बेष्ट पर्सनालिटी भएका छन्। त्यसै गरी आराध्या साह बेष्ट हेयर, स्वतिका न्यौपाने मष्ट फ्रेण्डली र मष्ट चार्मिङ, अनिषा थापा मष्ट डिसीप्लेन, प्रिया न्यौपाने मष्ट फोटोजेनिक र वेष्ट वाक भए । सृजा खरेल बेष्ट डान्सर, आरति सिंह ब्युटि विथ पर्पस, सलिसा श्रेष्ठ भ्यूअर च्वाईस, विनिषा शर्मा बेष्ट स्माइल, रितिका खड्का बेष्ट फिजिक, आश्मा थपलिया फेसन आइकन, ईशा कर्ण सोसल वेलफेर एम्बेस्डर र चन्दा श्रेष्ठ बेष्ट सिंगर बने ।

श्रद्धा खरेलको कार्यक्रम संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा गायक, संगीतकार तथा अभिनेता एस कुमार, गायक तथा गीतकार सिताराम पोखरेल, अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१८ सुरुची पाण्डे, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक थिए ।