भुपेन्द्र र साक्षी मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१८


व्युटी न्युज नेपाल
विराटनगर ८ असार

‘मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१८’ को उपाधी भुपेन्द्र भट्टराई र साक्षी शाक्यले चुमेका छन् । मञ्जिना मुभिज क्रिएसनले विराटनगरको विरेन्द्र सभागृहमा आयोजना गरेको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा फष्ट रनर अप रोकन कर्ण र कविता बुढाथोकी तथा सेकेण्ड रनरअप रोमन बस्नेत र साक्षी कार्की घोषित भए ।

त्यसैगरी भिवर्स च्वाईसमा श्वेता देव, अभिनाशकुमार साह, मिस्टर एण्ड मिस क्याटवक श्याम जैसवाल, ऋदिका गुप्ता, वेस्ट ड्रेस निसान राई, अंञ्चल राना मगर, मिस्टर एण्ड मिस फिजिक राघव खतिवडा, अस्मिका बञ्जरा घोषित भए ।

वेस्ट स्माईल कोनेन् साह ,स्मृति सञ्जेल, वेष्ट लिक्टेचर लुना राना मगर, उत्सव श्रेष्ठ, वेस्ट फ्रेन्डसिपमा भुपेन्द्र भट्टराई, कविता बुढाथोकी, एथ्लेटिक शसांक कार्की, गरिमा गौतम, वेस्ट प्रसानालिटीमा शंसाक कार्की, प्रिया विष्ट, बेस्ट क्याटवल्कमा रित्तिका गुप्ता, राघव खतिवडा, वेस्ट चार्म निसान विके, निकीता क्षत्री, फोटोजेनिकमा स्याम जेसवाल, अंकिता थापा, डिसिप्लेनमा अर्नल चौधरी, निस्मा श्रेष्ठले उपाधि प्रांप्त गरे ।

मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१८ को निर्णायकमा फेशन डिजाइनर उत्तम श्रेष्ठ, फेशन कोरियोग्राफर एवम् सञ्चारकर्मी जयन सुब्बा मानन्धर, नायिका निता ढुङ्गाना, सन्देश दास श्रेष्ठ, शिल्पा निरौला कार्की रहेका थिए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यतामा फाईनल कार्यक्रम भएको थियो । कार्यक्रममा विराटनगरमा रहेको द टच डान्स स्टुडियोका कलाकारहरुले नृत्य प्रस्तुत गरेको थिए । प्रबन्ध निर्देशक रौनक अग्रवालका अनुसार किशोर किशोरीको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता गरिएको हो ।