व्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

आगामी १५ असारबाट प्रदर्शनमा आउने चलचित्र ‘ए सोल्टिनी’ को शीर्ष गीत ए सोल्टिनी…को भिडियो बिहीबार सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरिएको छ ।

सुवास नेपालीले गाएको गीतको भिडियोमा अभिनेता सबिन श्रेष्ठ, अर्जुन गुरुङ र अभिनेत्री गंगा राना मगरको अभिनय छ । निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको यो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

यो फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको ए सोल्टिनीको प्रचार प्रसारलाई पछिल्लो समय तीव्रता दिइएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् ।

 हेर्नुस भिडियाे ः

https://www.youtube.com/watch?v=_SN8oEPJDOY