नम्रताको स्वभावले दीपक लठ्ठ


व्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

गायक दीपक बराईलीले अभिनेत्री नम्रता सापकोटालाई अभिनय गराउँदै नयाँ गीत साह्रै राम्रो स्वभाव…को भिडियो दर्शकमाझ ल्याएका छन् ।

मधु साश्रीको शब्द र प्रविन बराईको संगीत रहेको यस गीत गायक दीपकको सातौं गीत हो । यसअघिका गीतलाई पनि दर्शकले मन पराउँदै आएका छन् । यो गीत मोनाली इन्टरटेन्मेन्टको ब्यानरबाट बजारमा आएको हो ।

साह्रै राम्रो स्वभाव… गीतको भिडियोमा गायक दीपकसँगै अभिनेत्री नम्रता सापकोटाको अभिनय छ । भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन् । गीतको भिडियोलाई फराज अर्पणले छायांकन, निर्देशक तथा सम्पादन गरेका हुन् ।

गायक दीपकले यस गीतबाट दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको जिकिर गर्दै भने,‘दर्शक श्रोतालाई पक्कै मन पर्नेछ, आशा लिएको छु, साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्छु’, दीपकले भने ।

https://www.youtube.com/watch?v=esZxrfQylb8&feature=youtu.be