ओजस्वीराज र संध्या मिस्टर एन्ड मिस एसईई ग्ल्याम, शुभेच्छा मिस एसईई युनिभर्सल


व्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । राजधानीको रसिएन कल्चर सेन्टर कमल पोखरीमा सोमबार बेलुका आयोजित कार्यक्रममा ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड पनि पाए ।

यस्तै त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् । कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अप, दीजन भट्टराइ र सबिना बुढाथोकी सेकेन्ड रनर अप भए ।

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को छात्र तर्फ बिशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक, राम ढुङ्गाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्ट वाक, रिकेस घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराइ बेष्ट स्पिच, राकेश खिउजु सोशल एम्बेस्डर र संजय तामाङ बेष्ट पर्सनालिटी घोषित भए ।

यस्तै समिक्षा मिजार मिस क्याटवाक, इन्ची शेर्पा भियुर च्वाइस, श्रद्धा सुवेदी बेष्ट डान्स, अकेसा केसी मष्ट गर्जिअस, सस्मित बेष्ट हेयर, रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटो जेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिस घले फेसन आइकन, सबिना बुढाथोकी मष्ट डिजर्भिङ, श्रद्धा केसी बेष्ट सिंगर, प्रान्जली खड्का ब्युटी विथ पर्पस र सलिना मष्ट ट्यालेन्ट घोषित भए ।

एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ घोषणा पनि गरियो । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् । मिस एसईई युनिभर्सल तर्फ अनुजा खनाल फष्ट रनर अप, प्रनिसा राय सेकेन्ड रनर अप र अनुपम अधिकारी थर्ड रनर अप भए ।

आश्विनी झाको कोरियोग्राफी रहेको सो कार्यक्रममा मिस एसईई युनिभर्सल तर्फ ऋतिका सुवेदी फेसन आइकन, अलिसा ढकाल फोटोजेनिक र मष्ट डिसिप्लेन, नम्रता सापकोटा मष्ट चार्मिङ, मोनिका श्रेष्ठ ब्युटी विथ पर्पस र बेष्ट फिजिक भए ।
यस्तै आषिका पण्डित बेष्ट स्किन, समृति श्रेष्ठ बेष्ट स्माइल, अमिस बिश्वकर्मा मष्ट गर्जिअस, चाहना लामा बेष्ट हेयर, मन्दिपा मगर मष्ट फेन्डली, स्वर्णिमा केसी बेष्ट डान्स र विमला लम्साल बेष्ट स्पीच घोषित भए ।