आयो यो पागल मनको मार्यो मायाँले मार्यो…


व्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

चलचित्र यो पागल मन अब २९ असारबाट दर्शकमाझ आउने भएको छ । प्रदर्शनी मिति नजिकिँदै गर्दै यो चलचित्रको एउटा गीतको भिडियो रिलिज गरिएको छ ।

चलचित्र यो पागल मनको शिर्ष गीत मार्यो मायाँले मार्यो…को भिडियो रिलिज गरिएको हो । भिडियो सञ्जाल युट्युव मार्फत यसको भिडियो रिलिज गरिएको छ ।

यो चलचित्रमा बिनोद न्यौपाने, ऋचासिंह ठकुरी, एनी कुँवर, गौरी मल्ल, राजेश ढुँगाना सहितको अभिनय छ ।
यो पागल मनलाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्र राम्रो बनेकाले यसले दर्शकको मन जित्ने जिकिर निर्माता निर्देशक कल्याणको छ ।