व्युटी न्युज नेपाल
काठमाडाैं, ५ असार
चलचित्र ‘भैरे’को ट्रेलर दर्शकमा अाएकाे छ । यसलार्इ सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएकाे हाे । अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलरलार्इ मन पराइएकाे छ । यूट्युबमा पनि ट्रेलर सार्वजनिक भएको छ ।
साे कार्यक्रमका चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत लगायत र निर्माण टिमको उपस्थिति थियो । यो चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहरा हुन् । याे चलचित्रकाे ट्रेलर प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको छ । 
सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, कुमार बस्नेत र सिन्धु पौडेल चलचित्रका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’को सम्पादन बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’का सम्पूर्ण दृश्य खिचेका हुन् ।
ट्रेलर हेर्नुस्