आफ्नै पार्लरबाट मलेशियामा सफल भएकी नेपाली व्युटिसियन रोशनी


व्युटी न्युज नेपाल
क्वाललाम्पुर (मलेशिया), २ असार

नेपाली व्युटिसियनहरु नेपालमा जस्तै नेपाल बाहिर पनि आफ्नो पेशामा त्यत्तिकै सक्रियता र लोकप्रिय छन् । अझ नेपाली व्युटिसियनले बाहिरी मुलुकमा व्युटी पार्लरलाई पेशागत तथा व्यबसायिक गरी दुबै रुपमा अघि बढाउन यो पेशा अपनाउँदै आएका छन् । जसमा धेरैले सफलता र लोकप्रियता हाँसिल पनि गरेका छन् । यसरी बिदेशीमा यो पेशा नेपाली महिलाहरुलाई निकै उपयोगी र आर्थिक उपार्जनको ससक्त माध्यम बनेको छ ।

हेटौंडा, मकवानपुरकी रोशनी न्यौपाने पनि सफल व्युटिसियनका रुपमा मलेशियामा लोकप्रिय छिन् । उनी मेलेशियामा नेपाली मात्र हैन, त्यहाँका अन्य समुदायबीच पनि व्युटिसियनको रुपमा त्यत्तिकै परिचित छिन् ।

मुलत उनले सिएमएको पढाई सकेर लगत्तै व्युटिसियनको प्रशिक्षण लिईन् । केही समय स्वास्थ्य क्षेत्रमा काम गरे पनि उनलाई व्युटिसियन पेशामै रम्न मन लाग्यो । हुन त उनी नर्स बन्ने सपना काठमाडौ बोकेर काठमाडौं छिरेकी थिईन् । रोशनीलाई स्वास्थ्य क्षेत्रमा केही समय काम गरे पनि व्युटिसियन बन्ने चाहनाले छाडेन् । आफु त्यही चाहना पुरा गर्न यो क्षेत्रमा आएको उनले बताईन् ।

स्कुल पढ्दा कुनै पनि सांस्कृतिक कार्यक्रमका साथीहरुलाई सृँगार गर्ने जिम्मा रोशनीले लिने गर्थिन । यसरी स्कुले जीवनदेखि नै व्युटिसियन बनेर आरुलाई राम्री बनाउने काम उनले गरेकी हुन् । स्कुलमात्र हैन, आफुले जानी नजानी त्यो समय घरमा समेत आफन्तलाई सृँगार गरेको सम्झना रोशनीलाई छ । यसरी स्कुले जीवन देखि नै उनी एक हिसाबले व्युटिसियन बनिसकेकी थिईन् । पछि यही क्षेत्रको अध्ययनसँगै प्रशिक्षण लिएपछि रोशनी सफल व्युटिसियन बनेकी हुन् ।

रोशनी सन २०११ मै मलेशिया आएकी हुन् । त्यसबेला नै मलेशियामा व्युटिपार्लर सञ्चालन गर्ने लक्ष्य लिएर आफु यता आएको उनले खुलासा गरिन् । रोशनीले ७ वर्ष अघि मलेशियामा आएर यहाँको रावाङ शहरमा रोशनी व्युटी सलुन सुरु गरेकी हुन् । उनले यो सलुन बिगत सात वर्षदेखि यहाँ सञ्चालन गर्दै आएकी छिन् ।

रावाङ क्षेत्रमा कुलश व्यबसायसँगै उनी सफल व्युटिसियनकी रुपमा परिचित छिन् । यो क्षेत्रमा मेलेशियन, चिनियाँ, भारतीय, नेपालीलगायत विभिन्न मुलुकका नागरिकले विवाह गर्दा ब्राईडल मेकअपकालागि रोशनीको पार्लरलाई नै सम्झने गर्छिन । विभिन्न कार्यक्रममा सहभागी हुनु अघि उनको पार्लरमै आएर उनीहरुले मकअप गर्छन ।

सुरुका दिनमा लेडिस सेवा मात्र दिँदै आएकी रोशनीले केही वर्ष यताबाट नेपाली, भारतीय, मलेशियानमुलुकका युवाहरुले जेन्स सेवा समेत माग गरेपछि उनले आफ्नो पार्लरमा लेडिज र जेन्स दुबै सेवा सञ्चालन गर्दै आएकी छिन् । महिलाहरुका लागि आफैंले व्युटी सम्बन्धि सेवा दिँदै आएकी यी व्युटिसियनले पुरुषहरुकालागि पुरुष कामदार नै राखेकी छिन् । महिलाको व्युटी सम्बन्धि सबै प्रकारको सेवा आफ्नो पार्लरमा दिँदै आएको उनलाईन् । रोशनी व्युटी सुलनमा पुरुषका लागि हेयर कटिङ, हेयर कलरिङ, फेसियल जस्ता सुविधा पनि दिँदै आएकी छिन् ।

हुन त उनले व्युटिपार्लरसँगै फेन्सी व्यबसाय पनि सञ्चालन गर्दै आएकी छिन् । फेन्सी व्यबसाय पनि त्यत्तिकै राम्रो हुँदा हुँदै आफु व्युटिसियन भएकाले व्युटिसियन पेशालाई नै पहिलो प्राथमिकता दिने गरेको रोशनीले जानकारी गराईन् ।

मलेशियामा महिला कामदारको अभावले गर्दा आजकाल आफ्नो पार्लरमा आउनेहरुलाई मात्र व्युटी सेवा दिने गरेको उनले बताईन् । बाहिर होम सर्भिसको रुपमा बेहुलीसृँगारका लागि उनलाई धेरैले बोलाउँछन् । तर पनि व्युटी सम्बन्धि कर्मचारीको अभावले होम सर्भिस दिन नसकेको रोशनीको भनाई छ ।

मलेशियामा एउटा विवाहको प्याकेजमा सृँगारको जिम्मा लिँदा एक हजार देखि दुई हजार रिङ्केट अर्थात २७ हजार देखि ५४ हजार नेपाली रुपैयाँसम्म पाउने गरेको पनि रोशनीले जानकरी गराईन् । यहाँ १२ महिना नै विवाह हुने गरेकाले प्राय बेहुली सृँगारको कामसँधै नै हुने गरेको पनि उनले बताईन् ।

रोशनी व्युटी सलुनको कमाई राम्रो भएको र यसका आम्दानीले फेन्सी व्याबसाय सुरु गरेको पनि यी व्युटिसियनले जानकारी गराईन् । आफ्नै कमाईले अघि बढ्दै गरेकी रोशनी मलेशियाका नेपालीहरुबीच व्युटिसियनसँगै सफल व्यबसायी महिलाको रुपमा समेत लोकप्रिय छिन् । उनी सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छिन् ।

काठमाडौंमा रहेको स्नेह आश्रममा आश्रित बालबालिकालाई वार्षिक रुपमा सहयोग गर्दै आएकी उनले मलेशियामा पनि विभिन्न सामाजिक कार्य गर्दै आएकी छिन् । यहाँ आपतमा परेकाहरुलाई नेपाली समाज मार्फत सहयोग गर्दै आएको पनि उनले बताईन् ।

मलेशियामा व्युटिसियन भनेपछि निकै सम्मानपूर्व हेर्ने गरेको रोशनीको भनाई छ । उनी यहाँ केही वर्ष बसेपछि नेपाल नै गएर बृहत रुपमा व्युटी पार्लरसम्बन्धि व्यबासय गर्ने पक्षमा छिन् । यहाँ व्युटिसियन सम्बन्धि प्रशिक्षण निकै महँगो पर्ने भएकाले मलेशियामा व्युटिसियनहरु धेरै नभएकाले पनि यो पेशा सम्मानित भएको रोशनीले जानकारी गराईन् ।

उनी आगामी दिनमा मलेशियाको रवाङ शहर मै व्युटी सम्बन्धि प्रशिक्षण केन्द्र सञ्चालन गर्ने योजनामा छिन् ।

मलेशियाको सरकारसँग अनुमति लिएरमात्र प्रशिक्षण दिन पाईने भएकाले सो कार्यको लागि आफु अहिले प्रकृयामा रहेको पनि उनले बताईन् ।

यो पेशा सम्मानितसँगै महिलाहरुका लागि आत्मनिर्भर बन्न सक्ने भएकाले अरुलाई पनि उनी व्युटिसियन बन्न सुझाब दिन्छिन् । अझ बिदेश जाने नेपाली महिलाहरुले व्युटी सम्बन्धि प्रशिक्षण लिँदा यसले रोजगारीमा सजिलो हुने र आफैंले पनि बिदेशमा व्युटी पार्लर सञ्चालन गर्न सकिने पनि रोशनीले बताईन् ।