व्युटी न्युज नेपाल
काठमाडौं, ३१जेठ

अभिनेता विनय श्रेष्ठले अभिनेत्री श्रृष्टि श्रेष्ठलाई भेडेटार बजार घुमाउने चाहना व्यक्त गरेका छन् । यी दुईको रोमान्स रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को अर्काे रोमान्टिक गीत ‘भेडेटार घुमौला’मा उनले यस्तो चाहना व्यक्त गरेका हुन् ।

गीतको भिडियो सार्वजनिक गरिएको छ । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाले स्वर दिएका छन् । गीतको शब्द दिनेश राउतले लेखेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार श्रृष्टि र विनयको अभिनय छ ।

११ साउनमा प्रदर्शनमा आउने यो चलचित्रको केही दिन अगाडी राक्षश अवतारको पोष्टर रिलिज गरिएको थियो । पाँच गीत रहेको चलचित्रको अझै एक गीत सार्वजनिक गर्न बाँकी रहेको निर्र्माता प्रशन्न गोपालीले जानकारी दिए ।

यस अगाडी फरक फरक तीन गीत समेत यो चलचित्रको रिलिज गरिसकेको छ । उनले भने ‘चलचित्रमा कथाको डिमान्ड अनुसार गीत तयार गरिएको छ ।’

नरेश कुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एण्ड मुनामा विनय र श्रृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ ।

रोमियो एन्ड मुनामा निर्माण युनिटममा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य निर्माताको रुपमा रहेका छन् । प्रदर्शन मिति नजिकिएसँगै निर्माण युनिटले प्रचार प्रसार पनि तिब्र बनाएको छ ।