दही चिउरा खाने दिनमा चलचित्र ‘ए..सोल्टिनी’ रिलिज


व्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

ेचलचित्र ए सोल्टिनी यही १५ असारबाट देशव्यापी प्रदर्शन हुने भएको छ । केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको यो चलचित्रलाई १५ असारबाट देशका सिनेमा हलमा एकसाथ प्रदर्शन गर्ने निर्देशक निमा लामा तामाङले बताएका छन् ।

जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ए सोल्टिनीको बितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरेका छन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दावी छ ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् ।