४० संगीतकर्मीलाई सुन्दरादेबी म्युजिक अवार्ड, प्रेमध्वज प्रधानलाइ लाइफ टाइम एचिभमेन्ट


व्युटी न्युज नेपाल
काठमाडौ, २८ जेठ

सुन्दरादेबी सन्देश साप्ताहिकद्धारा बनेपामा आयोजिता चौथो सुन्दरादेबी सन्देश म्युजिक अवार्ड समारोहमा विभिन्न विधामा लोक, आधुनिक, तामाङ सेलो, पप संगीत, म्युजिक भिडियो सहित विभिन्न ४० विधामा अवार्ड प्रदान गरिएको छ ।

सोही कार्यक्रममा अग्रज गायक प्रेमध्वज प्रधान ‘चौथो सुन्दरादेबी सन्देश लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७५,बाट सम्मानित भएका छन् । नेपाली संगीत क्षेत्रमा ६ दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याएको भन्दै प्रधानलाई ११ हजार एक सय ११ रुपैयाँ सहित सो सम्मान प्रदान गरिएको हो । सम्मान समारोहमा गायक प्रधानले आयोजकलाई धन्यबाद दिँदा आफ्ना दुई ओटा स्वर्णिम गीत पनि सुनाए ।

सोही कार्यक्रममा अग्रज गायक मच्छेश्वर सापकोटालाई सुन्दरादेबी सन्देश दीर्घ कलाकारिता सम्मान २०७५ प्रदान गरियो । यस्तै अर्का गायक हरि कमाचार्यलाई कलाकारिता सम्मान २०७५ प्रदान गरियो ।

यस्तै पत्रकार राम अविरल थापालाई सुन्दरादेबी सन्देश पत्रकारिता सम्मान–२०७५बाट सम्मानित गरियो । अर्का पत्रकार शिवराम भण्डारीलाई सुन्दरादेबी सन्देश लोक सञ्चारकर्मी पुरस्कार २०७५ प्रदान गरियो । पुरस्कृत दुबैलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ सहित ताम्रपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा प्रतिस्पर्धामुलक विभिन्न ४० विधामा अवार्ड प्रदान गरिएको थियो ।

पप गीत विधामा अवार्ड

पपगीत तर्फ पप संगीतमा यो तन यो मन…बाट सन्तोष श्रेष्ठ, पप गायिकामा बेबी आईलभयु… गीतबाट केन्जुमा सुब्बा, पप गायकमा डेभिड शङ्कर, पप गीत शब्दमा राज सागर, पप गीत मोडल पुरुषमा पुष्प खड्का, मोडल महिलामा आरुशी मगरलाई अवार्ड दिईयो ।

आधुनिक/गजल गीत विधामा अवार्ड

सोही कार्यक्रममा आधुनिक गजल  गीत तर्फ गायकमा शिब परियार, गायिकामा सरु गौतम, गीतकार (गजल)मा डब्बु क्षत्री, नवगायिकामा सारिका घिमिरे, गीतकारमा किरण केसी क्रोधी,लाई अवार्ड प्रदान गरियो । यस्तै आधुनिक गीतको भिडियो तर्फ मोडल पुरुषमा देबेन्द्र क्षत्री, मोडल महिलामा मन्जिता केसी, भिडियो निर्देशकमा माधब खरेल, छायाँकारमा जनकराज अधिकारी, सम्पादकमा तुलसी बास्कोटाले अवार्ड पाए । यस्तै आधुनितक तर्फ नै ईन्करेज्मेन्ट अवार्ड सिमान्त सन्तोषलाई, एसएमएस भोटिङ अवार्ड उशा सुवेदीलाई, पब्लिकमा च्वाईसमा पुरुष मोडल निराजन प्रधानलाई, महिला मोडल सगुन साहीलाई, सम्पादक जुरी अवार्ड बिरेन्द्र भाट बिपिन र किरण नेपालीलाई प्रदान गरियो । राष्ट्रिय गीततर्फको अवार्ड हाम्रो नेपाल राम्रो नेपाल गीतक सर्जकलाई दिईयो ।

लोकदोहोरी गीत विधामा अवार्ड

यस्तै लोकदोहोरी तर्फ उत्कृष्ट लयको अवार्ड कस्तुप पन्तले, लोकदोहोरी शब्दको अवार्ड रमेश बिजीले, लोक दोहोरी गायकको अवार्ड रामजी खाँडले, गायिकाको अवार्ड सम्झना लामिछानेले, नवगायकको अवार्ड केबल श्रेष्ठ, नवगायिकाको अवार्ड सीता बरालले, प्राप्त गरे । लोकदोहोरी भिडियोतर्फ पुरुष नृत्य कलाकारको अवार्ड नारायण ढकाल, महिला नृत्य कलाकारको अवार्ड करिश्मा ढकालले, महिला मोडलको अवार्ड दीपाशा बिसीले, पुरुष मोडलको अवार्ड ध्रुब हिमालीले पाए ।
यस्तै लोक दोहोरी भिडियोमा नवमोडल पुरुष प्रेम खड्का, नवमोडल महिला मालती घले, भिडियो निर्देशन काजिस श्रेष्ठ, भिडियो सम्पादन नवीन घर्ती, भिडियो छायाँकार दुर्गा पौडेल र भिडियो नवनिर्देशकको अवार्ड मौसम हिमालीले पाए ।

लोक गीत विधामा अवार्ड

यस्तै उत्कृष्ट लोकगीत प्रकाश सपूत (चरचर बरबर), जुरी अवार्ड मोडल महेन्द्र गौतम र बिक्रम चौहान, ईन्करेजमेन्ट अवार्ड टीका भुजेल, एसएमएस अवार्ड बुद्धबिर थापा, पब्लिक च्वाईस अवार्ड टिका तारामी मगर, पपुलर प्रतिभा अवार्ड भिडियो निर्देशन बबिता श्रेष्ठ र पपुलर गायक तथा गायिकाको अवार्ड प्रकाश कटुवाल र अमृता लुङेली मगरले पाए ।

अवार्ड समारोहमा आफुहरु भन्दा कम उमेरका, चर्चामा नभएका, आफ्नो पहिचान बनाउन नसकेका जो कोहीबाट अवार्ड प्रदान गर्दा अवार्डको गरिमा घटेको टिप्पणी सम्बन्धित कलाकारले गरेका थिए । आयोजक पक्षले सेलीब्रेटीको सट्टा आफन्त तथा साथी भाईबाट अवार्ड प्रदान गर्दा अवार्ड थाप्नेहरुलाई समेत लाज लागेको थियो । निकै कमजोर व्यबस्थापनका कारण अवार्ड भव्य र प्रसँसनीय हुन सकेन । ४ संस्करणमा आईपुग्दा समेत एउटा स्तर कायम गर्न नसकेको सुन्दरादेबीले अर्को वर्ष आफ्नो र अवार्डको गरिमा जोगाउन निकै सुधार गर्नु पर्ने हुन्छ ।