टिजरमा रूचाइंदै बाबु कान्छा


व्युटी न्युज नेपाल

काठमाडाैं, २५ जेठ

अागामी २९ असारमा प्रदर्शन हुने चलचित्र ‘बाबु कान्छा’को टिजरलार्इ रूचाउने क्रम बढेकाे छ । टिजर चार दिन अघि सार्वजनिक गरिएकाे हाे ।

१७ बर्ष अघि सलोन बस्नेतले पहिलो पटक अभिनय गरेको चलचित्र नेपाली बाबुको झलक समेत राखेर सार्वजनिक गरिएको टिजरमा अभिनेता सलोनलाई मात्रै प्रस्तुत गरिएको छ ।  त्याे दृष्यले नेपाली बाबुलार्इ बाबु कान्छाकाे रूपमा प्रस्तुत गर्न लागिएकाे देिखन्छ ।

बाबु कान्छाको यस अघि सार्वजनिक ‘चन्द्रमा झै राम्री’ रिमिक्स भर्सनलाई दर्शक स्रोताले मन पराएका छन् । चलचित्र ‘कर्णविर’ समावेश याे गीतलार्इ रिमिक्स गरेर यसमा राखिएकाे हाे । याे चलचित्रमा शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको  छ ।

यस्ताे छ टिजर ः

बाबु कान्छामा सलोनसंगै करिष्मा श्रेष्ठ, ऋतिक शाही,  नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेललगायतको अभिनय छ ।यस चलचित्रबाट एश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माता छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको याे फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन,  टंक बुढाथोकी संगीत रहेको छ ।