नेपाली नचाउँदै स्कटल्याण्डकी चर्चित डिजे डेक्सी


व्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

‘सान मिगेल वेट फेष्ट २०१८’मा स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउन लागेकी हुन् ।

बिश्वका उत्कृष्ट डिजेहरु मध्य टप ५० भित्र डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रा.लिले गरेको हो । कार्यक्रमकालागि उनी बुधबार साँझ नेपाल आइसकेकी छिन् । यो उनको पहिलो नेपाल यात्रा हो । २५ जेठ आजबाट सुरु हुने यो फेष्टा देशको १० प्रमुख शहरमा आयोजना हुनेछ ।

ब्यवस्थापन तथा संयोजन जिम्बेवारी लिएको नेस्क्ट मोडल नेपालका सिइयो रबि धमलाका अनुसार नेपाली, हिन्दी र अँग्रेजी सबै प्रकारको गीत संगीतकाबाट डिजेहरुले दर्शक तथा श्रोता नचाउँने छिन् । कार्यक्रम अभिनेत्री तथा भिजे संध्या केसीले सञ्चालन गर्नेछिन् ।

राष्ट्रिय तथा अन्टराष्ट्रिय प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको यो फेस्टामा नेपालकै ग्लामर डिजे जेनी, पुलपाटीको राज भनेर चिनिएका डिजे प्रज्वल र गायक तथा र्यापर मानस घलेको समेत प्रस्तुति रहने आयोजक मेड्ली मिडियाका प्रवन्ध निर्देशक सुमित सिग्देलले बताए ।

यो फेस्टा २५ जेठ शुक्रबारदेखि विर्तामोडबाट सुरु हुँदैछ । बितामोडपछि २८ जेठमा इटहरी, १ असारमा हेटौडा, २ असारमा चितवन, ४ असारमा नेपालगञ्ज, ५ असारमा भैरहवा, ८ असारमा बुटवल, ९ असारमा पोखरा हुँदै ३० असारमा काठमाडौमा सकिने छ ।