अब ड्रिम गर्ल मार्फत आकाश र आश्माको प्रेम


व्युटी न्युज नेपाल
काठमाडौ २४ जेठ

अभिनेता आकाश श्रेष्ठ गत महिना अभिनेत्री पुजा शर्मासँग निकट देखिएका थिए । चलचित्र रामकहानीमा उनीहरु निकट भएपछि बजारमा आकाशको नाम पुजासँग जोडिएको चर्चा चल्यो । तर बहिबार चलचित्र ड्रिम गर्लको एउटा गीत रिलिजमा यसै चलचित्रर्की अभिनेत्री आश्मा गिरीसँग पनि आकाश त्यत्तिकै निकट देखिए ।

प्रेसमिटमा धेरैले आकाशको अफेयर आश्मासँग छ की भन्ने कड्कल काटे । तर उनी यो चलचित्रको प्रचारकालागि आश्मासँग निकट देखिएका थिए ।

कार्यक्रममा यो चलचित्रको गीत तिम्रो मायामा हराउन…को भिडियो रिलिज गरियो । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रको यो गीतको भिडियोमा आकाश र आश्माको जोडीलाई सञ्चारकर्मीले रुचाए ।

गीतको भिडियोमा आकाश श्रेष्ठ र आश्मा गिरी रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । रारा ताल र थाइल्याण्डका बिभिन्न रमणीय स्थानमा खिचीएको यो गीतमा प्रेमीप्रेमीकालाई प्रेमभावमा प्रस्तुत गरिएको निर्देशक आचार्यले बताए ।

यो गीत अन्जु पन्त र सुरेश लामाले गाएका हुन् । अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत यसमा छ । गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका हुन् ।

आउँदो दशैको अबसरमा १९ असोजमा यो चलचित्र रिलिज गर्ने घोषणा पनि कार्यक्रममा गरियो । दुई करोड भन्दा बढी लगानीमा बनेको ड्रिम गर्लमा आकाश र आश्मासँगै सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिषिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैंडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

ड्रिम गर्लको निर्मातामा निर्देशक ऋषिराज सहित अर्जुन शर्मा र रामेश्वर घिताल छन । यो चलचित्र आरबी मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसंगको सहकार्यमा निर्माण गरेको हो ।

हेर्नुस भिडियाे ः