८ असारमा त्रिशुलीमा बीच फेशन शो गर्दै मोडल निलम


व्युटी न्युज नेपाल
काठमाडौं, २४ जेठ 
मोडल तथा कोरियोग्राफरको रुपमा लोकप्रियता हाँसिल गरेकी निलम काफ्ले पछिल्लो समय फेशन शोको आयोजकका रुपमा परिचित छन् । उनले दुई वर्ष अघिबाट विभिन्न फेशन शो आयोजना गर्दै आएकी हुन् ।
अहिलेसम्म फेशन फिभर–२०१७, मसला प्रिजेन्टस् फेशन शो–२०१७ सहित आधा दर्जन फेशन शोकी आयोजक निलमले आफ्नै सँंस्था निलुज इन्टरट्रेनमेन्टबाट फेशन शो तथा इभेन्ट म्यानेजमेन्ट गर्दै आएकी छिन् । यही सँस्थाबाट उनले आगामी ८ असारमा धादिङको त्रिशुली रिभर साईटमा ‘बीच फेशन शो एन्ड र्याफ्टिङ २०१८’ आयोजना गर्दैछिन् ।
यो फेशन शोका लागि आफुले दुई दिनको प्याकेज तयार गरेको पनि निलमले जानकारी गराईन् । यो कार्यक्रमका लागि ८ असार बिहान फेशन पारखीहरुलाई काठमाडौंबाट त्रिशुली लगिनेछ । बेलुका ७ बजेबाट फेशन सो सुरु गर्ने र त्यो फेशन शो तीन घन्टासम्म चल्ने पनि निलमले जानकारी गराईन् । उनका अनुसार यो फेशन शोमा १२ जना मोडलहरुले क्याटवाक गर्नेछन् ।
फेशन शोको व्यबस्थापक उज्वल जँगल कुँवर रहेका छन् । कुवँरले विभिन्न व्यबस्थापन सुरु गरिसकेको पनि निलमले बताईन् । फेशन शो पछि अबेर रातसम्म क्याम्प फायर, बार्बी क्युब सहित खानपिन हुने छ । सो क्रममा डिजे पार्टीको आयोजना गरिने निलमले बताईन् । पार्टीमा डिजे सागर खनालले दर्शकलाई नचाउने छन् ।
यसरी ८ असारमा फेशन शो र नाईट डिजे पार्टी सकिएपछि ९ असारमा बिहानबाटै त्रिशुलीमा करिब ४ घन्टा र्याफ्टिङ गर्ने र दिउँसोको खाना लिएर काठमाडौं फर्कने कार्यक्रम रहेको पनि निलमले जानकारी गराईन् । प्रति व्यक्ति ५ हजार रुपैयाँ टिकट राखिएको यो कार्यक्रम एक रात दुई दिनको भएकाले यसबाट सबैले आनन्द लिन सक्ने पनि निलमको भनाई छ ।