नेशनल पावर न्युज म्युजिक अवार्ड २५ विधामा प्रदान


व्युटी न्युज नेपाल

काठमाडौं, २३ जेठ

नेपालको पहिलो समावेशी अवार्ड भनिएकोे नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ प्रतिस्पर्धीमुलक तर्फ विभिन्न २५ विधामा प्रदान गरिएको छ ।

मँगलबार राजधानीमा एक समारोहबीच यो अवार्ड प्रदान गरिएको हो । नेपाली मुल भाषाबाहेकका विभिन्न ८ ओटा राष्ट्रिभाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लिद्वारा आयोजित यो अवार्डका बिजेता यस प्रकार छन् ।

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ बिजेता
१.कन्हैया सिंह – आधुनिक,पप उत्कृष्ट स्वर
२. शान्तिप्रिय – आधुनिक,पप उत्कृष्ट शब्द
३. पदम रोकाया – आधुनिक,पप उत्कृष्ट संगीत
४. जीवन शाही – आधुनिक,पप उत्कृष्ट भिडियो
५. अमृता लुङ्गेली मगर – लोकदोहोरी उत्कृष्ट स्वर
६. सहदेव कोईराला –लोकदोहोरी उत्कृष्ट शब्द
७. अमृत खाती – लोकदोहोरी उत्कृष्ट संगीत
८. शिव विक÷दिपासा विसी – लोकदोहोरी उत्कृष्ट भिडियो
९. सुगम पोखरेल – चलचित्र (ऐश्वर्य–तिमी..) उत्कृष्ट स्वर
१०.धिरेन्द्र प्रेमर्षि – चलचित्र (संरक्षण) उत्कृष्ट शब्द
११.राजनराज सिवाकोटी–चलचित्र (दुई रुपैयाँ–कुटुमा कुटु) उत्कृष्ट संगीत
१२. चादनी मल्ल – उत्कृष्ट गीत (डेउडा)
१३. विरेन्द्र भाट – (विपिन)उत्कृष्ट भिडियो (डेउडा)
१४. रोजी डंगोल श्रेष्ठ – उत्कृष्ट गीत (नेवारी भाषा)
१५. पुर्णकाजी ज्यापु – उत्कृष्ट भिडियो (नेवारी भाषा)
१६. सुशन साम्सोहाङ – उत्कृष्ट गीत (लिम्बु भाषा )
१७. लोकेन सांवा लिम्बु – उत्कृष्ट भिडियो (लिम्बु भाषा)
१८. दोर्जे लामा – उत्कृष्ट गीत (शेर्पा भाषा)
१९. गम्पो शेर्पा – उत्कृष्ट भिडियो (शेर्पा भाषा)
२०. पुर्ण राई – उत्कृष्ट गीत (राई भाषा)
२१. मधुसुदन थापामगर – उत्कृष्ट गीत(मगर भाषा)
२२. टीका बोम्जन – उत्कृष्ट गीत (तामाङ भाषा )
२३. राजकुमार मोक्तान – उत्कृष्ट भिडियो (तामाङ भाषा)
२४. अर्जुन कौशल – उत्कृष्ट गीत (चौधरी भाषा)
२५. भिम अधिकारी – उत्कृष्ट भिडियो (चौधरी भाषा)

क्रिटिक्स, जुरी र ईन्करेजमेन्ट अवार्ड पाउने कलाकारहरु ः

१. किरण अधिकारी
२. विकाश चौधरी
३. समीक्ष चौधरी
४. रामलाल चौधरी
५. हरि उप्रेती
६. गोविन्द गौतम
७. द विकल्प व्याण्ड
८. विरज महर्जन
९. जय देवकोटा
१०.राजु थापामगर

चलचित्र पत्रकार संघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई पाँच हजार एक सय रुपैयाँसहित पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ ।

संसारकै अग्लो ठाउमा गएर कार्यक्रम आयोजना गरेर गिनिज बुकमा नाम लेखाउन सफल कार्यक्रम आयोजक आर के सुवेदी, समाजसेवी महिला शोमा खत्री, बालकलाकार सम्राट दाहाल, समाजसेवी च्याङवा लामा, साउण्ड ईन्जिनियर मिन विष्ट, कलाकार अर्जुन कौशललगायतलाई सोही क्रममा सम्मान गरियो ।

प्रतिष्पर्धामा आउन नसकेका मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरु र ६ जना प्रतिष्ठित व्यक्तिलाई पनि सम्मान गरियो छ । समावेशी गीतसंगीतको विकाशका लागि अवार्ड गरिएको आयोजक माधवराज खरेलले कार्यक्रममा बताए ।