व्युटिसियनसँगै सामाजिक सेवामा सक्रिय सिता


व्युटी न्युज नेपाल

बरिष्ठ व्युटिसियन सिता श्रेष्ठले व्युटी व्यवसाय सुरु गरेको डेढ दशक भयो । काठमाडौंको मिन भवन स्थित रोयल एरिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सिता अहिलेको पुस्तामा सक्रिय र सफल व्युटिसियनकी रुपमा परिचित छिन् ।

लमजुङको बेसी शहर नगरपालिका उदिपुरमा डेढ दशक अघि उनले एरिना व्युटी पार्लर स्थापना गरिन् । यो पार्लर उनले अहिलेसम्म पनि उदिपुरमा सञ्चालन गरिरहेकी छिन् । त्यसैको राजधानी शाखाको रुपमा उनले काठमाडौंको मिनभवन, बानेश्वरमा नयाँ पार्लर सञ्चालन गर्दै आएकी हुन् ।

चतुरमान श्रेष्ठ र पुर्णकुमारी श्रेष्ठको दोस्रो सन्तानको रुपमा उदिपुरमा जन्मिएकी सिताले २०६० सालमा काठमाडौंको सामाखुसीमा ६ महिनाको व्युटिसियन सम्बन्धि बेसिक कोर्ष पुरा गरेकी लिईन् । काठमाडौंबाट लगत्तै फर्किएपछि आफ्ने सिपलाई अझ निखार्न उनले फेरी बेसिसहरमा व्युटी सम्बन्धी थप ६ महिना प्रशिक्षण लिईन् ।

सोही क्रममा उनले आफ्नै पार्लर उदिपुरमा सुरु गरेकी हुन् । व्युटिसियन पेशालाई अझ ससक्त बनाउन सिताले त्यसपछि थुप्रै प्रशिक्षण लिईसकेकी छिन् । उनले ७ वर्षसम्म लमजुङमा ग्रामिण तालिम केन्द्र मार्फत व्युटिसियन सम्बन्धि प्रशिक्षण दिईन् । सो क्रममा आफुले लमजुङ आसपालका एक हजार भन्दा बढी महिलालाई व्युटिसियन पेशामा जोडको यी व्युटिसियनको भनाई छ ।

ती मध्य आधा भन्दा बढी अहिले पनि व्युटिसियन पेशामा आबद्ध भएको सिताले बताईन् । आफुले व्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर धेरैलाई यो पेशामा ल्याई रोजगारमुखी बनाउन पाएकोमा उनलाई यो पेशाले सन्तुष्टी दिएको छ ।

काठमाडौंमा अध्ययन गर्ने क्रममा सिताको आकर्षण व्युटिसियन पेशातर्फ बढेको हो । अझ सानै उमेरदेखि आफ्ना दिदीहरुले अरुलाई सृँगार गरेर सुन्दर बनाएको देख्ना सितालाई पनि यस्तै कामगर्न मान लाग्थ्यो । त्यसैले आफुले व्युटिसियन पेशालाई रोजेको पनि सिताले बताईन् ।

उनले लमजुङको व्युटिपार्लरको सफलतापछि काठमाडौंमा आधादशकअघि रोयल एरिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सुरु गरिन् । उनको पार्लर अहिले काठमाडौंका मिन भवन (बानेश्वर संसद भवन पछाडि) छ । त्यो क्षेत्रमा सुविधायुक्त पार्लरको रुपमा उनको पार्लर लोकप्रिय छ ।

रोयल एरिना व्युटी पार्लरबाट सिताले एउटा सफल व्युटिसियन बन्नको लागि आबस्यक बेसिक, एडभान्स, स्पेशलसम्मको प्रशिक्षण दिँदै आएकी छिन् । सो पार्लरबाट स्पेशलमा फेसियल, मेकअप, हेयरकट तथा हेयर सम्बन्धि सबै, नेलआर्ट लगायत सबैप्रकारको प्रशिक्षण दिने गरिएको पनि सिताले जानकारी गराईन् ।

सिटिईभिटीबाट लेबल टु पुरा गरेकी सिताले व्यबसायिक प्रशिक्षण थालेको एकदशक नाघिसकेको छ । आफु स्वयम् लेबल टु पुरा गरेर यो पेशालाई अँगालेकाकारण पनि उनी व्युटिसियन प्रशिक्षणमा दक्ष प्रशिक्षक मानिन्छिन् । उनी सिटिईभिटीको कुशल मूल्याँकनकर्ता पनि हुन् ।

आफुलाई यो पेशामा अझ ससक्त बनाउन र नयाँ नयाँ प्रविधि एवम् सिप सिक्न क्रममा उनले थाईल्याण्डको व्याङकङमा गएर मेकअप सम्बन्धि स्पेशल कोर्ष पनि सम्पन्न गरेकी छिन् । यसरी बेला बेलामा आफुले देश बिदेशमा सिकेका थप सिपहरु विधार्थीलाई सिकाएर अझ दक्ष बनाएको पनि उनले बताईन् ।

यो अबधिमा आफुले लमजुङ र काठमाडौंमा करिब दुई हजार जनालाई व्युटिसियन सम्बन्धि प्रशिक्षण दिएको पनि उनले जानकारी गराईन् ।

आफुले प्रशिक्षण दिएकामध्य कतिपय व्युटिसियनहरु यो क्षेत्रमा स्थापित भएकोमा सिता खुसी छिन् । महिलाहरुले आत्म निर्भरसँगै अरुलाई सुन्दर बनाउने यो पेशा सितालाई साह्रै मन पर्छ । कोही यो पेशामा आउन चाहन्छ भने आफुले सघाउने पनि उनले बताईन् ।

सिता सामाजिक कार्यमा समेत सक्रिए छिन् । लायन्स क्लब अफ काठमाडौं टेम्पल लमजुङकी संस्थापक अध्यक्ष समेत रहेकी सिताले लायन्स क्लबमार्फत सामाजिक कार्य गर्दै आएकी छिन् । लायन्सबाट बिगत चार वर्ष यताबाट काठमाडौं, लमजुङ लगायत विभिन्न क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु उनले गर्दै आएकी छिन् ।

त्यसो त उनी जेसीआई लमजुङकी पूर्व अध्यक्ष एवम् नेपाल जेसिस पूर्व राष्ट्रिय उपाध्यक्ष पनि हुन् । २०१० मा जेसीआई लमजुङमा आबद्ध भएकी उनले सो संस्थामार्फत पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएकी छिन् । रोटरी क्लब अफ पाटन वेस्टसँग समेत सम्बद्ध सिता अरु पनि थुप्रै संस्थासँग आबद्ध छिन् । व्युटी पार्लर व्यबसायसँगै सामाजिक कार्यमा समेत सक्रिय उनी यो पेशा र सामाजिक सेवा दुबैलाई निरन्तर अघि बढाउने बताउँछिन् ।