ट्रेलरमा आयो यो पागल मन


व्युटी न्युज नेपाल
काठमाडौं, २३ जेठ

। आगामी २९ असारबाट चलचित्र यो पागल मन देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले यो चलचित्रको रिलिज मिति तय गर्दै ट्रेलर ल्याईएको छ । यो चलचित्रको ट्रेलर मँगलबार काठमाडौंमा एक समारोहबीच सार्बजनिक गरिएको हो ।

यो पागल मनलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् । ट्रेलरमा दुई युवती र एक युवक बीचको प्रेम सम्बन्धले ल्याउने आरोह अबरोह देखाईएको छ ।

यस्ताे बनेकाे छ ट्रेलर ः

बिरेन्द्र कुमार यादब र कल्याणले निर्माण गरेको चलचित्रमा सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ । याे चलचित्रमा अर्जुन पोखरेलले संगीत, शम्भु सापकोटाले छायाँकन, अनिल गौतमले सम्पादन, कमल राईले नृत्य निर्देशन र राजु किरांतले द्धन्द्ध निर्देशन गरेका हुन् ।

यो चलचित्रमा बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगाएतको अभिनय छ ।