यस्तो छ चलचित्र वीराङ्गनाको पोष्टर


व्युटी न्युज नेपाल
काठमाडौं, २३ जेठ

चलचित्र वीराङ्गनाको निर्माण पक्षले फस्ट लुक्स स्वरुप सो चलचित्रको चार पोष्टर सार्वजनिक गरेको छ । आगामी २९ असारबाट देशभर रिलिजको तयारीमा रहेने क्रममा पोष्टर रिलिज गरिएको हो ।
प्रेमकथामा आधारित एक्सन प्रधान शैलीमा निर्मित वीराङ्गनाको पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पासँगै कलाकारहरु अनुप विक्रम शाही र पृथ्वी राज प्रसाईंलाई प्रस्तुत गरिएको छ ।

पोष्टरमा फिल्मको प्रचारसँगै फिल्मले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बिके फिल्म्स्का गोपाल कायस्थ र मोफसलकालागि एफडी कम्पनीले लिएका छन् ।

यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । जसमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता र सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । वीराङ्गनामा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ ।

यो चलचित्रमा शिल्पा, अनुप र पृथ्वीराजसँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय छ ।