यस्तो छ तिमी हुन्छौ जहाँ जहाँको पोष्टर


व्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ

चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को फस्ट लुक्स (पोष्टर) मँगलबार सार्वजनिक गरिएको छ । आगामी ८ असारबाट देशव्यापी प्रदर्शनीमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले तीन ओटा पोष्टर सार्वजनिक गरेको हो ।

जस मध्य तीस बाई चालिसको आकारको दुई ओटा पोष्टर सार्वजनिक गरिएको छ । जसमा एउटामा नायक मनिष सुन्दर श्रेष्ठ र नायिका मलिना जोशीबीचको प्रेम सम्बन्ध दशार्ईएको छ । अर्को पोष्टरले मनिष र मलिनासँगै अर्का अभिनेता स्वरुपपुरुष ढकाललाई उनीहरुको बाधकको रुपमा प्रस्तुत गरिएको छ ।

रिलिज गरिएको अर्को पोष्टर सिक्स सिटरको छ । यो पोष्टरमा एकातिर मनिष सुन्दर र मलिनाको सामिप्यता देखाईएको छ भने अर्कोतर्फ चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुष ढकाललाई उभ्याईएको छ । यो पोष्टरले पनि नायक नायिकाको बिपक्षीको रुपमा गिरी र ढकाल रहेको जनाउँछ ।

आगामी ८ असारमा तिमी हुन्छौं जहाँ जहाँ एकल प्रदर्शनी हुँदैछ । यो चलचित्रलाई विवेक बस्यालले निर्देशन गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन व्यबसायी समेत रहेका मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् ।

तिमी हुन्छौ जहाँ जहाँमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।