स्विमिङ पुलमा मनुसन फेशन परेड हुँदै, मोडलहरु टु पिसमा क्याटवाक गर्दै


व्युटी न्यज नेपाल
काठमाडौ, २१ जेठ

इभेन्ट बेटर ग्यालेक्सीले यो वर्षको मनसुनको अबसर पारेर अागामी २६ जेठमा राजधानीको सानेपा स्थित इन्टरनेशनल क्लब पुल साईटमा मनसुन फेशन परेड शो आयोजना गर्ने भएको छ ।

फेशन शोमा डेढ दर्जन मोडलहरु स्विमिङ कस्ट्युम देखि वर्षात लक्षित विभिन्न फेशनमा प्रस्तुत हुनेछन् । स्विमिङ पुलमा मोडलहरु स्विमिङ कस्ट्युम लगाएर क्याटवाक गर्न यो फेशन शोको आकर्षण पक्ष रहेको इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारले बताए ।

उनका अनुसार ओसिन सिटौलाले होस्ट गर्ने यो कार्यक्रममा मोडलहरु प्लास्टिकका फेशनमा समेत र्याम्पमा उत्रने छन् । २६ जेठ शनिबार बिहान ११ बजेबाट सुरु हुने फेशन शोमा मोडलहरुले नेपाल इन्टियुट अफ फेशन (निफ)का विधार्थीले तयार गरेको समर फेशन पनि प्रस्तुत गर्नेछन् ।

कार्यक्रम संयोजक अभिमन्यु शर्माका अनुसार फेशन शोसँगै मनसुन कन्सर्ट र डिजे म्युजिक पनि त्यहाँ प्रस्तुत गरिने छ । गिरिस खतिवडाले आफ्ना चर्चित र्याप प्रस्तुत गर्नेछन् । बेली डान्सर बिनु शाक्यको नृत्य पनि कार्यक्रमको आकर्षण रहने छ ।

फेशन शोपछि डिजे पार्टीमा डिजे शिशिर, डिजे निरज र डिजे रायले दर्शकलाई डिजेइङबाट नचाउने छन् ।