रबिना व्युटी पार्लरद्वारा विधार्थीलाई लेभल वान सर्टिफिकेट प्रदान


व्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला र मिनभवनमार्फत यो वर्ष सिटिईभिटीको स्किल टेस्टमा लेबल वानको परीक्षा उतिर्ण गरेबापत ७० जना महिला तथा युवतीलाई प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा शनिबार दिउँसो एक दिवसीय कार्यशाला, बिचार गोष्ठी तथा प्रमाणपत्र वितरण कार्यक्रममा सबै विधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सिटिइभिटीमा व्युटिसियनहरुको स्किल टेस्टको प्रमुख भएर लामो समय देखि योगदान पुर्याएको भन्दै अग्रज व्युटिसियन डा. राजश्री श्रेष्ठलाई सोही कार्यक्रममा रबिना व्युटिपार्लरका तर्फबाट सम्मान गरियो ।

कार्यक्रममा बोल्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले डेढ दशकदेखि आफुहरुले हजारौं महिलाहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको बताईन् । आफ्नो पार्लरमा स्किल टेस्ट दिएर उतिर्ण भएकाहरुलाई यो पेशामा आउन अझ प्रोत्साहन मिलोस भनेर स्किल टेस्ट उतिर्णको प्रमाणपत्र प्रदान विशेष कार्यक्रमबीच प्रदान गरिएको व्युटिसियन श्रेष्ठले बताईन् ।

कार्यक्रममा रबिना व्युटिपार्लरका कोअर्डिनेटर गगन श्रेष्ठले स्वागत मन्तव्य राख्दै सो पार्लरको बारे थप प्रकाश पारे । प्रमाणपत्र प्रदान र अन्तरक्रिया कार्यक्रम अघि बेरिना, आस्था बेरीलगायतका कम्पनीले व्युटिसियनहरुलाई करिब चार घन्टा विभिन्न प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा हेयर कलर, हेयर केयर, फेसियललगायतबारे सिकाईएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटिईभिटीका उप निर्देशक टैलेन्द्र आचार्यले अहिलेसम्म सिटिईभिटीबाट दोस्रो लेबलसम्मको परीक्षा उतिर्ण गरेर व्युटिसियनहरुले व्युटी पेशा अपनाउँदै आएको जानकारी गराए । अब व्युटिसियन पेशालाई अझ दक्ष बनाउन चाँडैनै तीन लेवल थपेर पाँच लेबलसम्मको प्रशिक्षण गराउने पनि बताए । सिटिईभिटीबाट मान्यता प्राप्त काठमाडौंको पेप्सिकोला स्थित रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले आबस्य पूर्वाधार पुरा गरेकाले आफुहरुले स्किल टेस्टका लागि सो स्थानलाई चयन गरेको पनि उपनिर्देशक आचार्यले प्रकाश पारे ।

कार्यक्रममा सिटिईभिटीकै अर्का उप निर्देशक दामोदर देवकोटाले पनि व्युटिसियन पेशाले महिलाहरुलाई आत्मनिर्भर र आर्थिक उत्पादनमा सघाएको बताए ।

सो कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपसचिब युवराज पौडेल, राष्ट्रिय युवा उधमी सञ्जालका अध्यक्ष लोचन बस्नेत, युवा तथा साना व्यबसायी स्वरोजगार कोषका प्रशासन प्रमुख लोकबहादुर खड्का, अग्रज व्युटिसियन डा. राज्यश्री श्रेष्ठ लगायतले नेपालमा व्युटिसियनको अबस्था र यो पेशाले समाजमा ल्याएको परिवर्तन बारे आफ्ना भनाई राखे ।

कार्यक्रममा अग्रज व्युटिसियन सुमित्रा रञ्जित, सिता पाठक, शुशिला गाैतम चुडाल, साेनी कारञ्जित, मेनुका सिवाकाेटी, सिता श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।